निर्यातजन्य वस्तु विकासमा भारतीय शैली

भारत सरकारले हालै आफ्नो देशको छाला उद्योगको विकास  र सबलीकरणका लागि भारू. १७ अर्ब ( नेरू २७.२ अर्ब) बराबरको भारतीय जुत्ता तथा छाला विकास कार्यक्रम ( आईएफएलडीपी) लागू गरेको छ । सन् २०२२ देखि २०२६ को अवधिभित्र सम्पन्न गरिसक्ने गरी यो कार्यक्रमको तर्जुमा गरिएको छ । छाला उद्योगको भौतिक संरचना निर्माण, वातावरणीय पक्षको सम्बोधन, अतिरिक्त लगानी आकर्षण, उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने  उद्देश्यका साथ भारत सरकारले यो योजना लागू गरेको हो । विज्ञ तथा निजीक्षेत्रको पूर्ण संलग्नताविना वस्तु विकाससम्बन्धी बजेट तर्जुमा गरिँदा के के शीर्षकमा कसरी बजेट विनियोजन हुनुपर्ने हो सोको पहिचान नै हुन पाउँदैन । सारांशमा भन्नुपर्दा भारतले आगामी ५ वर्षमा छाला उद्योगको सबलीकरणमा करीब रू. २७.२ अर्बजति खर्च गर्ने देखिएको छ  । छाला क्षेत्रको समग्र विकास गरी छालाका उत्पादनको गुणस्तर, ख्याति र उत्पादन वृद्धि गर्ने ध्ययेका साथ विशाल राशीको बजेटको व्यवस्था गरिएको देखिन्छ । छाला क्षेत्रमा मात्रै नभई भारतमा अन्य वस्तुको विकास गर्दा पनि यही शैली अपनाउने गरिएको  छ । पर्याप्त बजेटको व्यवस्था, उत्पादनदेखि बजार प्राप्तिसम्मका सबै चरणको सबलीकरण कार्यक्रम र बहुवार्षिक मोडलमा बजेट विनियोजन तथा साधन स्रोतको सुनिश्चितता भारतमा वस्तु विकास र प्रवर्द्धनका आधारभूत पक्षका रूपमा लिएको हुन्छ । परन्तु नेपालमा यसविपरीत वस्तु विकासका कार्यक्रमहरू तर्जुमा गर्ने गरिएको छ । नेपालमा निर्यात क्षेत्रसँग सम्बद्ध वस्तु विकासका कार्यक्रमहरू तर्जुमा गर्दा देहायका कमीकमजोरी दोहोरिने गरेको पाइएको छ । सर्वप्रथम, वस्तु विकासका लागि बजेट तर्जुमा गर्दा उक्त वस्तुको विकास गर्न लगानी गर्नुपर्ने समग्र क्षेत्रको पहिचान नै गरिएको हुँदैन । विज्ञ तथा निजीक्षेत्रको पूर्ण संलग्नताविना वस्तु विकाससम्बन्धी बजेट तर्जुमा गरिँदा के के शीर्षकमा कसरी बजेट विनियोजन हुनुपर्ने हो सोको पहिचान नै हुन पाउँदैन । दोस्रो, यसरी वस्तु पहिचान हुने तर विकासका क्षेत्र पहिचान नहुने हुँदा सम्बद्ध वस्तुको विकासमा कुन क्षेत्रमा कति खर्च गर्नुपर्ने हो त्यस बारेमा अन्योल विद्यमान रहन्छ । अनि हचुवाका भरमा कार्यक्रमका लागि कार्यक्रमहरू तर्जुमा हुन्छन् र अनुमानका आधारमा बजेट विनियोजन हुन्छ । यसरी अनुमानका आधारमा बजेट विनियोजन हुँदा बजेट आवश्यकताभन्दा अतिन्यून हुन गई त्यसबाट अपेक्षित प्रतिफल नै आउने सम्भावना रहँदैन । कुनै बेला कुनै क्षेत्रमा बजेटको अधिक मात्रामा विनियोजन हुन गई बजेट खर्च नभई फिर्ता जाने गरेको छ । तेस्रो, वस्तु विकासको हरेक चक्रमा चक्रको प्रवाहअनुसार बजेट खर्च गर्नुपर्ने हुन्छ । तर, पर्याप्त अध्ययनविना नै वस्तु विकासका कार्यक्रमहरू हुँदा कुन चक्रमा कति बेला कति बजेट खर्च गर्ने भन्ने विषयमा चरम अन्योल सृजना हुने गरेको छ । उत्पादन वृद्धिमा बजेट विनियोजन नै नहुने तर बजार प्रवर्द्धनमा बजेटको व्यवस्था हुने दोषहरू नेपालको वस्तु विकास कार्यक्रममा आम रूपमा दोहोरिइरहेका छन् । जनशक्ति विकासमा बजेटको व्यवस्था नै नगरी उत्पादन वृद्धिमा बजेट विनियोजन गर्ने दोषहरू पनि आम रूपमा अनुभव गर्न पाइन्छ । कच्चा पदार्थको विकासमा ध्यान नदिई ब्रान्ड स्थापनामा जोड दिने परिपाटी पनि नेपालमा आम रूपमा दोहोरिने गरेको छ । वस्तु विकासका लागि कार्यक्रमको निरन्तरता पनि अपरिहार्य शर्त  हो । एउटा वस्तुलाई पहिचान गरी बजारमा स्थापित गर्ने चरणसम्म पुग्न निश्चय नै निश्चित समय र निश्चित साधनस्रोत आवश्यक पर्छ  । तर, नेपालमा यो पक्षमा कहिल्यै ध्यान दिएको पाइँदैन ।  कुनै वर्ष कुनै वस्तुको विकासमा कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने तर कुनै वर्ष उक्त वस्तुको विकासमा बजेट नै नछुट्ट्याउने चलन आम रूपमा झाँगिँदो छ । यस्तो प्रवृत्तिका कारण वस्तु विकासका चरणहरू अवरुद्ध हुन गई न साधनस्रोतको सदुपयोग हुने र वस्तु विकास कार्यक्रम नै कुनै निष्कर्षमा पुग्ने दोहोरो दोष उत्पन्न हुने गरेको छ । वस्तु विकासका अधिकांश कार्यक्रम अभिवृद्धिवादका आधारमा तय हुने गर्छन् । पोहोर साल यति बजेट विनियोजन भएको थियो, यस साल पोहोरभन्दा यति प्रतिशत बजेट विनियोजन हुनुपर्छ भन्ने शैलीमा बजेट विनियोजन हुने गर्छ । सारमा भन्नुपर्दा आवश्यकताको मान्यतामा आधारित नभई भाग लगाउने मान्यतामा आधारित रही वस्तु विकासका लागि बजेट विनियोजन हुने गर्छ ।   माथिका यी दोषहरूका कारण नेपालमा विगत लामो समयदेखि सरकारी प्रयासमा कुनै नयाँ वस्तु निर्यात बास्केटमा प्रवेश गरेको देखिएको छैन । केही वस्तुहरू निर्यात बास्केटमा आउन सफल भए तापनि ती वस्तुहरू नितान्त निजीक्षेत्रको प्रयासबाट मात्र आफ्नो स्थान बनाउन सफल भएको देखिन्छ । छुर्पी र ऊनी फेल्ट निजीक्षेत्रको नितान्त व्यक्तिगत प्रयासबाट निर्यातयोग्य वस्तुका रूपमा उदाउन सफल भएका वस्तुहरू हुन् । जसरी समग्र आर्थिक वृद्धिका लागि अर्थतन्त्रका सबै क्षेत्रमा समानुपातिक रूपमा बिग पुस थ्योरीअनुसार पर्याप्त लगानी चाहिन्छ, त्यसरी नै एउटा उद्योगको समग्र वृद्धिका लागि पनि सो उद्योगको (१) कच्चापदार्थ विकास, (२) उत्पादन वृद्धि, (३) जनशक्ति विकास, (४) प्रविधिको स्तरोन्नति, (५) लगानी वृद्धि र सुरक्षा, (६) पूर्वाधार विकास, (७) गुणस्तर नियन्त्रण र नियमन, (८) ब्रान्ड स्थापना, (९) बजार प्रवेश, (१०)  बजार प्रवर्द्धन तथा (११) संरक्षणजस्ता हरेक चरणमा पर्याप्त लगानी आवश्यक रहन्छ  । यी ११ ओटा चरणमा चरणबद्ध रूपमा पर्याप्त लगानीविना कुनै पनि वस्तुलाई बजारमा स्थापित हुने गरी विकास गर्न सम्भव देखिँदैन । आइन्दा नेपालमा पनि उपर्युक्त ११ ओटा चरणमा एकीकृत पहुँचमा आधारित रही कार्यक्रम र बजेट तर्जुमा गर्ने परिपाटीको विकास गर्नु जरुरी छ । यसरी कार्यक्रम र बजेट तर्जुमा गरिँदा सबै चरणमा गति लिन सक्ने गरी पर्याप्त बजेटको व्यवस्था गर्नु जरुरी छ । वस्तु विकास कार्यक्रम एकै वर्षमा सम्पन्न गर्न नसकिने प्रकृतिका हुने हुँदा यस्ता कार्यक्रमहरू बहुवार्षिक स्वरूपमा तर्जुमा हुनुपर्छ । यहाँ भारत सरकारले आफ्नो छाला तथा जुत्ता क्षेत्रको दीर्घकालीन विकासमा लागू गरेको पञ्चवर्षीय योजना नेपालका लागि पनि अनुकरणीय छ । नेपालमा पनि वस्तु विकासका लागि यस्तै योजनाहरू लागू गर्नुपर्छ । यसो गर्दा वस्तु विकास कार्यक्रमहरू एउटा तार्किक निष्कर्षमा पुगून् र अपेक्षित प्रतिफल दिन सफल हुन सकून् भन्ने गरी योजना तय गरिनुपर्छ  । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन्

सम्बन्धित सामग्री

‘आत्मनिर्भर अर्थतन्त्रका लागि घरेलु तथा साना उद्योग महत्वपूर्ण’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताउनुभएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग महासङ्घको माइतीघरस्थित सचिवालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमै छ । यस्ता उद्योगको प्रवर्धन र विकासमा म हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

बढ्दै छ गलैचा, कार्पेट,यार्सागुम्बादेखि अम्रिसो निर्यात

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ। अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ। व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन। सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सक...

बढ्दै छ गलैँचा, अलैँची, अम्रिसाेदेखि कुकुर तथा बिरालाेको खाना निर्यात

काठमाण्डाै – गएकाे आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा साढे १४ खर्ब रुपैयाँभन्दा बढी छ । अर्थात् देशमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थितरूपले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र विस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ । यद्यपि केही यस्तो वस्तुहरू छन् जसको निर्यातबाट नेपालले राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैँचा, अलैँची, अम्रिसो, कुकुर तथा बिरालाेको खाना, यार्साग...

आयात घटाउँदै, निर्यात बढाउँदै कृषिबाट समृद्धि

नेपालको दिगो र प्रमुख निर्यातजन्य वस्तु कृषि उत्पादन नै हो । यस क्षेत्रमा नेपालको कुल जनसंख्याको ठूलो जनशक्ति आश्रित छ । यद्यपि, केही वर्षदेखि किसान यस क्षेत्रबाट पलायन हुँदै सेवा र औद्योगिक...

१२ वर्षमा तीन रणनीति, निर्यात सुस्त

काठमाडौं, चैत ५ । आयातको तुलनामा निर्यात व्यापारको वृद्धि नाजुक रहेका बेला सरकारले पछिल्लो १२ वर्षमा तीन वटा व्यापार एकीकृत रणनीति बनाएको छ । एक दशकमा तीन-तीन वटा रणनीति बनाउनु तर निर्यात व्यापार धेरै नबढ्नुले सरकारले निर्यातजन्य वस्तु पहिचान गर्न नसकेको देखाउँछ । सरकारले सन २०१० मा पहिलो पटक यस्तो रणनीति बनाएको थियो । यसलाई […]

सात वर्षमा पनि बनेन चिया अक्सन सेन्टर

आर्थिक वर्ष २०७१/७२ को बजेट वक्तव्यका क्रममा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले झापामा चिया अक्सन सेन्टर (लिलाम केन्द्र) बनाउने उद्घोष गरेका थिए । निर्यातजन्य वस्तु चियाको अन्तर्राष्ट्रिय ब्रान्ड कायम गरी पारदर्शी व्यापार गर्ने अक्सन सेन्टरको उद्देश्य थियो । तर घोषणाको ७ वर्ष बितिसक्दा पनि अक्सन सेन्टर बन्न सकेको छैन ।

घोषणाको सात वर्षसम्म बनेन चिया अक्सन सेन्टर

आर्थिक वर्ष २०७१/७२ को बजेट वक्तव्यका क्रममा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले झापामा चिया अक्सन सेन्टर (लिलाम केन्द्र) बनाउने उद्घोष गरेका थिए । निर्यातजन्य वस्तु चियाको अन्तर्राष्ट्रिय ब्रान्ड कायम गरी पारदर्शी व्यापार गर्ने अक्सन सेन्टरको उद्देश्य थियो । तर घोषणाको ७ वर्ष बितिसक्दा पनि अक्सन सेन्टर बन्न सकेको छैन ।

परराष्ट्र मन्त्रालयले गर्‍यो आर्थिक कूटनीति प्रभावकारी तुल्याउन ‘भर्चुअल’ छलफल

आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन नेपालको निर्यात व्यापार प्रवद्र्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले नेपाली निर्यातजन्य वस्तु निकासी गर्ने उद्यमी व्यवसायी र विदेशस्थित नेपाली नियोग प्रमुख तथा अन्य कर्मचारीसँग आयोजना गरेको ३ दिने अप्रत्यक्ष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा नेपालको निर्यात व्यापार प्रवद्र्धनमा व्यवसायीहरू एवं नेपाली नियोगलगायत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको भूमिकाका साथै नेपालको हाल निर्यातको अवस्...

निर्यातजन्य उद्योगलाई सरकारको उपहारः बढ्यो नगद अनुदान

१२ पुस, काठमाडौं । सरकारले निर्यात हुने स्वदेशी वस्तुहरुमा दिइने अनुदान रकम बढाएको छ । अब निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योगले ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान पाउने छन् । मन्पिरिषदबाट पारित भएको 'निर्यातमा अनुदान प्रदान …