राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका फेरबदल गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार असोज ९ र १० गते देशभर ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । यसअघि असोज ६ र ७ गते परीक्षा सञ्चालन गर्ने समय तालिका तोकिएको थियो ।