इटालीमा आँधी : ११ जनाको मृत्यु

काठमाडौँ- मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीबाट मध्य इटालीको तटीय क्षेत्रमा ११ जनाको मृत्यु भएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ । स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या ११ छ । आँधीबाट अन्य चार जना अझै बेपत्ता छन् । […]

सम्बन्धित सामग्री

ब्रजिलमा आँधीका कारण ११ जनाको मृत्यु

आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा आँधीले ११ जनाको मृत्यु, ३३ बेपत्ता

मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्ती डुबानमा पर्दा ११ जनाको मृत्यु भएको छ। आँधीमा परी कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकी ‘नेसनल हरिकेन सेन्टर (एनएचसी)’काअनुसार यो आँधी सोमबार मेक्सिकोको प्रशान्त किनारबाट सुरू भएको थियो। सन् १९४९ मा रेकर्ड राख्न सुरू गरिएपछि आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ।हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा भौतिक क्षति भएको मौसमविद्ले बताएका छन्। ओक्साका राज्यका गभर्नर एलेजेन्ड्रो मुराटले आँधीबाट आ

दक्षिणी अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण ७० बढीको मृत्यु

जोहान्नेसबर्ग ।  दक्षिणी अफ्रिकामा उष्ण आँधी ‘एना’ सँगै आएको बाढीका कारण ७० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । मादागास्करमा कम्तीमा ४८ जनाको ज्यान जानुका साथै करिब १ लाख ३० हजार व्यक्ति घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान बाध्य भएका छन् । त्यसैगरी मालाबीमा ११ जनाको मृत्यु भएको छ । मालाबीभरि नै विद्युत आपूर्ति...

आँधीका कारण अमेरिकामा ११ को मृत्यु, १२ सय उडान रद्द

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएकामध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरूको मृत्यु भएको हो । त्यसैगरी ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरू बाटोमै रोकिएका थिए ।

अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु

आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन् भने केही घरहरू ध्वस्त भएका छन् र कतिपय सडक डुबानमा परेका छन्।

जापानको आँधीमा ११ को मृत्यु, जनजीवन प्रभावित

जापानमा आएको हागिबिस नामक शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरूले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरूको खोजी र उद्धारका लागि आइतबार सेना पनि परिचालन गरिएको छ । आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घरहरू डुबानमा परेका छन् । जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन्, तर जापान र स्कटल्यान्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन् ।

इटालीमा शक्तिशाली आँधी, ११ जनाको मृत्यु

इटालीमा तीव्र गतिमा आएको हावा र पानीका कारण ११ जनाको ज्यान गएको छ ।  इटालीको  पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् । यातायात र बिजुली आपूर्ति समेत रोकिएको छ ।  भेनाइस सहर ७५ प्रतिशत डुबानमा परेको बीबीसीले जनाएको छ । त्यहाँका मौसमविद्ले अझै...