जापानमा आएको हागिबिस नामक शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरूले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरूको खोजी र उद्धारका लागि आइतबार सेना पनि परिचालन गरिएको छ ।
आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घरहरू डुबानमा परेका छन् । जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन्, तर जापान र स्कटल्यान्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन् ।