काठमाडौँ । नेपाली काँग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ। यो वडामा गठबन्धनबाट काँग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित भएका हुन्। थापाले लामिछानेलाई ६ सय बढी मत अन्तरले हराए। यो वडामा काँग्रेसबाट उम्मेदवार तोक्ने क्रममा ठुलो विवाद भएको थियो। वडा समितिले वडा सभापति तारामित्र […]