असोजमा पनि लक्ष्य अनुसार उठेन राजस्व, भन्सार राजस्व नै लक्ष्यभन्दा चार अर्ब कम

काठमाडौं। चाडपर्वको अघिल्लो महिनामा समेत राजस्व लक्ष्य भेट्न सरकार असफल भएको छ। दसैं र तिहारको अघिल्लो महिनामा राजस्व लक्ष्य

सम्बन्धित सामग्री

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन

रुपन्देहीको भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा निकै कम राजस्व असुली गरेको छ । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको आधा पनि भन्सार राजस्व संकलन गर्न सकेको छैन ।

गड्डाचौकी भन्सारमा लक्ष्यभन्दा ६ करोड कम राजस्व सङ्कलन

काठमाडौँ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ।  ५२ करोड, ७७ लाख ६० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४६ करोड, २२ लाख, ३८ हजार मात्र उठेको हो। यो रकम लक्ष्यभन्दा छ करोड ५५ लाख २२ हजार रुपैयाँ कम हो। भन्सार कार्यालयले ३१ करोड ६४ […]

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन : अर्थमन्त्री शर्मा

फागुन २९, काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्मा प्रभावकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतवार भन्सार विभागमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार अशुली  प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । ‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं’, उनले भने,  ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन, स्थिति सहज हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’ उनले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सृजित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ठ भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने विश्वास लिएको बताए । त्यस्तै वस्तु आयातमा गरिएको वर्गीकरण सम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठिका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन  पनि उनले निर्देशन दिए । उनले भन्सार कार्यालयहरुमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धि निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए । उनले माघ मसान्तसम्मको लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन भएको पनि बताए । ‘कुल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको छ । हामीले माघ मसान्तसम्म १ खर्ब ३१ अर्बको निर्यात गरेका छौं’,उनले भने, ‘तर, हामी यतिमा रोकिनु हुँदैन । प्रत्येक वर्ष १० प्रतिशतका दरले निर्यातमा  हिस्सा  थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा जानुपर्छ ।’ भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब रुपैयाँ राजस्व संकलनको  लक्ष्य भएपनि आयातमा कडाई हुँदा पनि ३ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताए । यो गत वर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो ।

भन्सार राजस्व सङ्कलन लक्ष्य प्रभावित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आयात घटाउन गरेको नीतिगत व्यवस्थाले भन्सार राजस्व सङ्कलन लक्ष्य प्रभावित बनेको छ । भन्सार विभागका अनुसार अघिल्ला महिनाहरूमा लक्ष्यभन्दा बढी तथा लक्ष्यको नजिकै पुग्दै आएको भन्सार राजस्व सङ्कलन माघ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँले प्रभावित बनेको हो । नेपाल राष्ट्र बैङ्कले निरन्तर बढिरहेको आयातलाई निरुत्साहित गर्न एलसी खोल्दा शत […]

कैलालीका भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व उठ्यो

कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको जानकारी दिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भित्र कोरोना महामारीका कारण यो कार्यालयले लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैय

सत्ती भन्सार : ९ महीनामै दोब्बर राजस्व संकलन

वैशाख १०, टीकापुर । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महीनामै भन्सार राजस्व लक्ष्यभन्दा दोब्बर संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/ ७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।            कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा ६ करोड ७ लाख रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप ८ करोड रुपैयाँ बढाएर १४ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।            चैत मसान्तसम्म ९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकामा १३ करोड १६ लाख राजस्व संकलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए।        पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्व वृद्धि भएको प्रमुख शाहको भनाइ छ । उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म ५ अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकामा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए।            सरकारले सीमा नाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।  रासस

नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन

यहाँस्थित नेपाल भारत सीमा नाका गत नाै महिनादेखि बन्द रहे पनि राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ । नाका बन्द भएपनि सामाग्रीको आयात बन्द नहुँदा नेपालगञ्ज भन्सार कार्यालयले विगतभन्दा धेरै बढी राजस्व संकलन गरेर देखाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले चालु आर्थिक बर्षको ६ महिनामा यो कार्यालयले लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैया बढी राजश्व संकलन गरेर उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो ।