धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नयाँ दिल्लीमा दैनिक दुई उडान

चैत ३, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।            महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।            बैंङ्लोरमा साताको मंगलवार, बिहीवार र शनिवार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधवार, शुक्रवार र आइतवार उडान गरिनेछ ।            नयाँ दिल्लीमा दैनिक दुई उडान            महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।            जापानको नारितामा साताको दुई उडान            नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।            नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गरिन् । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मंगलवार र शुक्रवार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ ।            अहिले नारितामा शुक्रवार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रवार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ ओटा गन्तव्यमा उडान गर्दै आएको छ ।            बैंककमा पनि साताको दुई उडान            नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो ।  रासस  

सम्बन्धित सामग्री

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट […]

नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ उडान गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ […]

धमाधम उडान सुरु गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो। नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ। […]

उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नारितामा साताको दुई उडानको तयारी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि...

उडान विस्तार

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा सेवा विस्तार गरेको छ । सडक यातायात नजोडिएका यी जिल्लामा सहुलियत दरमा उडान भरेर जनतालाई सेवा प्रदान गर्न उडान थपिएका हुन् । नेपाल एयरलाइन्स हुम्लाका प्रमुख दानबहादुर सुनारले एउटा उडानबाट सुरु भएको सिमकोटका लागि अहिले हप्तामा चारवटा उडान भइरहेको जानकारी दिनुभयो । यात्रुको चापलाई ध्यानमा राखेर उडान विस्तार गरेको बताउनुभयो ।

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान, साउदीको रियाद र दमाममा उडानको तयारी

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ। एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आइतबारदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो। दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय […]

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आजदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल …

नेपाल एयरलाइन्सको दुबईमा ९ उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आइतवारदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो ।

नेपाल एयरलाइन्सको दुबईमा ९ उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आइतवारदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो ।

नेपाल एयरलाइन्सको दुबईमा ९ उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आइतवारदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो ।