उडान विस्तार

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा सेवा विस्तार गरेको छ । सडक यातायात नजोडिएका यी जिल्लामा सहुलियत दरमा उडान भरेर जनतालाई सेवा प्रदान गर्न उडान थपिएका हुन् । नेपाल एयरलाइन्स हुम्लाका प्रमुख दानबहादुर सुनारले एउटा उडानबाट सुरु भएको सिमकोटका लागि अहिले हप्तामा चारवटा उडान भइरहेको जानकारी दिनुभयो । यात्रुको चापलाई ध्यानमा राखेर उडान विस्तार गरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

बुद्ध एयरद्वारा रात्रिकालीन उडानको घोषणा, मे १५ देखि नियमित उडान भर्ने

बुद्ध एयरले रात्रिकालीन उडान सेवाको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आगामी मे १५ देखि रात्रिकालीन उडान विस्तार गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार साविकको उडान तालिकाका अतिरिक्त रात्रिकालीन उडानमा तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उडान विस्तार गर्ने जनाएको छ । यी उडानका समय राति ८ बजेदेखि १२ बजेसम्म रहनेछन् ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ तराई क्षेत्रका विमानस्थलमा दैनिक १८ घण्टासम्म उडान सेवा जा

आठ देशका १० सहरमा नेवानिको उडान ८० प्रतिशत सिट भरिभराउ

साउदी अरेबियाको रियादमा उडान सुरु गरेसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले आठ देशका १० गन्तव्यमा उडान विस्तार गरेको छ । पछिल्लो पटक ९ वैशाखदेखि साउदीको रियादमा साताको  दुईवटा उडान सुरु गरेको नेवानिकी...

नेपाल एयरलाइन्सको सहुलियत उडान विस्तार र कटौती सँगसँगै

सिमकोट – सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले साविक कर्णालीका ५ मध्ये चार वटा हिमाली जिल्लामा सहुलियत उडान विस्तारसँगै कटौतीसमेत गरेको छ। एकातिर डोल्पा जिल्लामा उडान सुरु गरेको छ भने अर्कातर्फ हाल उडान संख्या भएका जिल्लामा त्यो उडानमा कटौती गरेको हो। साविक कर्णालीका कालिकोटबाहेक सबै जिल्लामा नेपाल एयरलाइन्सले सहुलियत उडान विस्तार सुुरु गरेको हो। नागरिक उड्डयन प्राधिकरण […]

धमाधम उडान विस्तार गर्दै नेपाल एअरलाइन्स

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।  महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एअरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा फेरि उडान सुरु गरेको हो । नेपाल एअरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बेङ्गलाेरमा फेरि उडान गर्ने घोषणा गरिसकेको छ । निगमले आउँदाे मार्च २१ देखि बेङ्गलाेर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।  ...

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नयाँ दिल्लीमा दैनिक दुई उडान

चैत ३, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।            महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।            बैंङ्लोरमा साताको मंगलवार, बिहीवार र शनिवार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधवार, शुक्रवार र आइतवार उडान गरिनेछ ।            नयाँ दिल्लीमा दैनिक दुई उडान            महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।            जापानको नारितामा साताको दुई उडान            नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।            नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गरिन् । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मंगलवार र शुक्रवार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ ।            अहिले नारितामा शुक्रवार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रवार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ ओटा गन्तव्यमा उडान गर्दै आएको छ ।            बैंककमा पनि साताको दुई उडान            नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो ।  रासस

धमाधम उडान सुरु गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो। नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ। […]

उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नारितामा साताको दुई उडानको तयारी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि...

जापानको नारितामा काठमाडौँबाट अब साताको दुई उडान हुने

काठमाडौं । काठमाडौँबाट जापानको नारितामा अब साताको दुई उडान हुने भएको छ । नेपाल एयरलाइन्सले आगामी १ अप्रिलबाट नारितामा साताको मङ्गलवार र शुक्रबार उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो । अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । पछिल्लो समय निगमले कोभिड(१९ को महामारीपछि गुमेका आफ्ना गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । […]

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आजदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल …

अन्तरप्रदेश उडान विस्तार गर्दै गुण एयरलाइन्स, आजदेखि पोखरा-भरतपुर उडान शुरु

८ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरालाई हब बनाएर अन्तरप्रदेश उडान थालेको छ । पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको छ । आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको […]