नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजारमा सुन अभाव भएपछि महासंघका प्रतिनिधीहरूले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीसँग आपूर्ति बढाइदिन माग गरेका हुन् ।