भक्तपुरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतिय किशोरलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर खरिपाटीबाट खटिएको टोलीले भारतको मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरेको हो ।चाँगुनारायण नगरपालिका–६ स्थित छालिङमा बस्ने किशोरले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।महतोले किशोरीलाई उनकै कोठामा गएर बलात्कार गरेको किशोरीका परिवारले दावी गरेका छन् ।