आफ्ना नागरिकलाई काबुल विमानस्थलको गेट छोड्न अमेरिकाको निर्देशन

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल काबुल विमानस्थलको गेट छोड्न निर्देशन दिएको छ। विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले अमेरिकाले आफ्ना नागरिकहरुलाई हट्न निर्देशन दिएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।बिहीबार काबुल विमानस्थलमा बम विस्फोटमा परी आफ्ना १३ सैनिक मारिएपछि अमेरिकाले जवाफी हमलामा इस्लामिक स्टेटविरुद्ध ड्रोन आक्रमण गरेको थियो। उक्त आक्रमणमा विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारको मृत्यु भएको बताइएको छ।  अमेरिकी राष्ट्रपति जोइ बाइडेनल

सम्बन्धित सामग्री

काबुल अन्तर्राष्ट्रिय बिमानस्थलमा चाँडै नै अन्तर्राष्ट्रिय उडान हुने

काबुल अन्तर्राष्ट्रिय बिमानस्थलमा चाँडै नै अन्तर्राष्ट्रिय उडान हुने भएको छ।

काबुल विमानस्थल पुनः सञ्चालन

एजेन्सी, २५ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएको छ । बिहीबार विमानस्थलबाट पहिलो फ्लाइट कतारको दोहा उडान भरेको हो । तालिवानले अफगानिस्तानमा कब्जा जमाएपछि काबुल विमानस्थलबाट पहिलो उडान भएको छ । तालिवानले अन्तिरम सरकार समेत गठन गरिसकेको छ । तािलवानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँको स्थिती निकै नाजुक भएको थियो । […]

काबुल विमानस्थल लक्षित रकेट आक्रमण

अफगानिस्तानमा काबुल विमानस्थललाई लक्षित गर्दै रकेट प्रहार भएको छ। काबुल विमानस्थलतर्फ लक्षित गर्दे करिब पाँच वटा रकेट प्रहार भएको र त्यसलाई अमेरिकी सेनाको एन्टी मिसाईल डिफेन्स सिस्टमलले नष्ट गरिदिएको बिबिसीले...

काबुल विमानस्थल नजिकै विस्फाेट

काठमाण्डाै – काबुल विमानस्थल नजिकै ठूलाे विस्फाेटकाे आवाज सुनिएकाे विवरणहरू सार्वजनिक भएका छन् । विभिन्न सामाजिक सञ्जालमा पाेस्ट गरिएका तस्बिरमा धुँवाकाे कालाे मुस्लाे देखिएकाे बीबीसीले जनाएकाे छ ।  अफगान स्वास्थ्य मन्त्रालयले पनि काबुल विमानस्थल नजिक विस्फाेट भएकाे पुष्टि गरेकाे छ । विस्फाेटमा के–कति क्षति भयाे भन्नेबारेमा भने विवरण प्राप्त भइसकेकाे छैन ।  स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका बीबीसीमा उल्लेख छ ।  अमेरिकी राष्ट्रपति ...

काबुल विमानस्थलमा अर्को विस्फोट

काबुल– अफगानिस्तानको राजधानी काबुलमा विस्फोट भएको छ । बीबीसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै काबुल विमानस्थल नजिकै विस्फोटको जानकारी दिएका छन् । समाचार एजेन्सी एएफपीले पनि विस्फोटको आवाज सुनिएको बताएको छ । आइतबार बिहानमात्र अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । आइतबार भएको यो विस्फोटबारे थप विवरणहरु प्राप्त हुन सकेका […]

‘काबुल विमानस्थलमा अर्को हमला हुनसक्छ’

अफगानिस्तानको काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले  अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थलबाट तुरुन्त हट्न निर्देशन दिएको छ । अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको अलर्टमा विमानस्थलको अब्बे गेट, पूर्वी गेट र उत्तरी गेटबारे उल्लेख गरिएको छ । अमेरिकी सैनिकले काबुल छोड्नुभन्दा पहिले आतंककारी हमला हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति जोड बाइडेनले राष्ट्रिय सुरक्षा टिमलाई सतर्क रहन चेतावनी दिएका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार काबुल विमानस्थलमा सुरक्

मारिए काबुल विमानस्थल प्रवेश गर्न खोज्ने ७ अफगानी

अफगानिस्तानको काबुल अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगानी मारिएका छन्।तालिबानले काबुल कब्जा गरेपछि देश छाड्ने अफगानीको भीड थेगिनसक्नु छ। काबुलमा बसोबास गर्ने हजारौं अफगानी तालिबानले देशमा कब्जा गरेपछि विदेशिन चाहन्छन्।अफगानिस्तानमा इस्लामिक स्टेट सक्रिय हुन थालेकाले यो घटना भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।तालिबानले एक साताअघि अफगानिस्तान कब्जामा लिएपछि अहिलेसम्म काबुलबाट १७ हजार मानिस विदेशिएका छन्। अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।काबुल

अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ  । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।अफगानिस्तान तालिबानको कब्जामा परेपछि काबुल एयरपोर्टमा अहिले चर्को भीड देखिएको छ । अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो ।गोली च

काबुल पसे तालिवान लडाकु : बल प्रयोग नगर्ने, काबुल छाड्न चाहनेलाई बाटो छाडिदिने

तालिवान लडाकुहरु काबुल प्रवेश गर्न थालेका छन्। त्यहाँका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकुहरु काबुल प्रवेश गर्न थालेको बताएको अलजजिराले जनाएको छ। दोहामा रहेका एक तालिवान नेताले काबुल प्रवेश गर्न लडाकुहरुलाई हिंसा रोक्न र काबुल छाड्न चाहनेलाई सुरक्षित बाहिर जाने बाटो दिन निर्देशन दिइएको बताएका छन्। यद्यपि काबुलमा असर्फ घानी प्रशासनले तालिवानी लडाकुबिरुद्ध…