बैतडीको दोगडाकेदार गाउँपालिका–कतोला चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका एसएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीसहितको टोलीले अनुसन्धान गरिरहेका अवस्थामा थप सहयोगको लागि एसएसपी जनक पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए ।
‘यसभन्दा अगाडि कुकुरसहितको टोली अनुसन्धानको लागि गएको थियो । थप अनुसन्धानको लागि एसएसपी साबको टोली पनि गएको हो,&...