नेपाल बैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता

काठमाडौं  । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच आपसी समन्वय स्थापना गर्ने सहमति भएको छ । सो सम्झौतापत्रमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तथा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एकआपसमा तथ्यांक, सूचना तथा जानकारी आदानप्रदान, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान तथा पारस्परिक लाभका विषयको पहिचान तथा कार्यान्वयनमा सहज हुने बताइएको छ ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकले सबैको मनोबल उच्च हुने नीति तर्जुमा गर्छ : डेपुटी गभर्नर मिश्र

१७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशका उद्योगी–व्यवसायी, बैंक लगायत सबैको मनोबल उच्च भएमात्र मुलुकको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । नेपाल बैंकर्स संघ र ‘युएस एड ट्रेड एन्ड कम्पिटिटिभनेस’ को संयुक्त आयोजनामा भएको हेजिङ सम्बन्धी एक नीतिगत बहसमा मिश्रले राष्ट्र बैंक सबैको मनोबल उच्च हुने नीति निर्देशन […]

वित्तीय साक्षरताका लागि बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालबीच समझदारी

३ कात्तिक, काठमाडौं । नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपाल बिच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको समुपस्तिथीमा भएको उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा र फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर […]

बैंकको ब्याजदर फरक-फरक हुने

नेपाल बैंकर्स संघ मार्फत भद्र सहमति गरेर ब्याजदर निर्धारण गर्दै आएका बैंकहरूले अब आआफ्नो ढङ्गले व्याज निर्धारण गर्ने भएका छन्।...

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि एकपछि अर्को गरी आक्रमण हुन थालेपछि यस क्षेत्रका छाता संस्थाले दोषीलाई कारबाहीसहित सुरक्षा प्रत्याभूतिको माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका हुन् । “पछिल्लो समय […]

बैंकहरुका लागि भदौ महिना सुखद्, ५३ अर्बले निक्षेप बढ्यो

निक्षेप संकलनका हिसाबले भदौ महिना बैंकहरुका लागि सुखद् देखिएको छ । तुलनात्मक रुपमा वाणिज्य बैंकहरुले साउनमा भन्दा भदौमा ५३ अर्ब रुपैयाँले बढी निक्षेप संकलन गर्न सफल भएका हुन् । नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार भदौ महिनामा २६ वटा वाणिज्य बैंकहरुले कुल ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो महिना अर्थात् साउन महिनामा बैंकहरुले निक्षेप गुमाउँदै कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेका थिए । उसो त यता निक्षेप बढेसँगै बैंकहरुले समीक्षा अवधिमा कर्जा लगानी समेत बढाएका छन्

इन्ड्रस्टीमा गएको २०० खर्ब खोइ फर्किएको ?

नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष अनिलकुमार उपाध्यायले इन्ड्रस्टीमा गएको २०० खर्ब नफर्किएको बताए । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्स संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी प्यानल डिस्कसनमा बोल्दै उपाध्यायले अब लेखा (अडिट) क्षेत्रलाई पनि समयानुकूल सुधार गर्न आवश्यक रहेको बताए । बजारमा कर्जा प्रवाह हुने तर त्यसको प्रतिफल कम हुने गरेको उनले बताए । ‘विगत १० वर्षलाई फर्केर हेर्ने हो भने ८ वर्ष त हामी क्राइसिसमै छौँ । कहिले नाकाबन्दी कहिले भूकम्प त कहिले कोरोना । यसपछि पनि अहिले तरलता

ब्याजदर बढाउनेबारे बैंकरहरू नै दुई धारमा, पुसमा तरलता अभाव झनै बढ्ने

बढ्दो तरलता अभाव खुम्च्याउन ब्याजदर बढाउनेबारे नेपाल बैंकर्स संघ (एनबीए) भित्रै दुई धार देखिएको छ । संघ अध्यक्ष अनिल उपाध्याय ब्याजदर बढाउने पक्षमा देखिँदा अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू यसतर्फ अनिच्छुक देखिएका हुन् । २७ बाणिज्य बैंकका सीईओ सम्मिलित बैठक आज राखिएको हो ।ब्याजदरबारे छलफल गर्न आज (शुक्रबार) संघको बैठक बसेको थियो । बैठकमा बैंक सीईओहरू र संघका अध्यक्षको फरक धारणा आएको सहभागी एक सीईओले रातोपाटीलाई जानकारी दिए । बिहीबार अर्थ समितिमा भएको छलफल क्रममा नेपाल राष्ट्र बैं

पोखरेलको नेतृत्वमा ७ सदस्यीय नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समिति विस्तार

काठमाडौं, १८ कात्तिक । एनआइसी एशिया बैकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलको नेतृत्वमा नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिको बिस्तार भएको छ । कर्णाली प्रदेशमा संचालनमा रहेका विभिन्न बैकमा कार्यरत कर्मचारीहरुको भेलाले नेपाल बैकर्स संघको प्रदेश समिति बिस्तार गर्दै पोखरेलको नेतृत्वमा ७ सदस्यीय प्रदेश समिति विस्तार गरेको हो । समितिको प्रदेश उप संयोजकमा ग्लोबल […]

नेपाल बैकर्स संघ कर्णाली प्रदेश अध्यक्षमा राजन प्रसाद पोखरेल

१७ कात्तिक, काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) कर्णाली प्रदेशको संयोजकमा एनआईसी एसिया बैंकको प्रदेश कार्यालय सुर्खेतका प्रमुख राजन प्रसाद पोखरेल चुनिएका छन् । एनबीए कर्णाली प्रदेश कार्यसमितिको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । एनबीए कर्णालीको उपसंयोजकमा भने ग्लोबल आईएमई बैंकका विष्णु अर्याल चुनिएका छन् । सचिवमा सिभिल बैंकका अभिजित […]

कोरोनाविरुद्ध लड्न हातेमालो अभियान

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले सामूहिक रुपमा हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् ।यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम […]