अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन श्रृङ्खला प्रणालीमा आबद्ध गराउने बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन श्रृङ्खलामा आबद्ध गर्नेगरी योजना ल्याउने बताएका हुन् ।‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योग क्षेत्रका तर्फबाट आधारभूत उपभोग्य वस्तुको उत्पादन वृद्धि गरिनेछ’ उनले भने । यस्तै, स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिइने उनले बताए ।‘अन्तर्राष्ट्रि