पार्टीभित्र सहमतिको प्रयास गर्न भन्दै गठित नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ ।
गत जेठ २ गते गठन भएको कार्यदलको बैठक ५० दिनपछि बसेको हो ।
गत जेठ ४ गते कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजक छन् भने माधव नेपालको तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक छन् ।
संस्थापन पक्षबाट उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट...