कामना सेवाको नाफा एक अर्ब

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन नाफा को तुलनामा २१ प्रतिशतको वृद्धि गरेको छ ।बैंकले सो अवधीमा करिब एक अर्ब रुपैयाँ खुद नाफा गरेको जनाएको छ । यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्तरका विकास बैंकको ७ महीनाको नाफा झन्डै ३ अर्ब, सबैभन्दा अगाडि गरिमा

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना अर्थात माघसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ३ अर्ब रुपैयाँ कमाउन सफल भएका छन ।  राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ७ महिना अवधिमा रू. २ अर्ब ७१ करोड ७९ लाख नाफा आर्जन गर्न सफल भएका हुन ।  मुक्तिनाथ विकास बैंकले पछि पादै सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक अगाडि रहेको छ । यस बैंकले सात महीना अवधिमा रू.५५ करोड ८० लाख नाफा कमाएको हो ।  दोस्रोमा मुक्तिनाथ विकास बैंकले माघ मसान्तसम्ममा रू. ५३ करोड २३ लाख नाफा कमाएको छ ।  त्यस्तै सबैभन्दा कम नाफा सांग्रिला डेभलपमेन्ट बैंकले रू .१५ करोड ४९ लाख नाफा कमाएको हो । ज्योति विकास बैंकले सात महीनामा रू.१७ करोड ७६ लाख नाफा कमाएको छ ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले  साता महीनामा रू. ४३ करोड ७१ लाख नाफा कमाएको हो । त्यस्तै महालक्ष्मी विकास बैंकले सो अवधिमा रू. ३३ करोड ४० लाख,कामना सेवा विकास बैंकले रू. ३१ करोड २३ लाख र लुम्बिनी विकास बैंकले रू. २१ करोड १३ लाख नाफा कमाएको छ ।    बैंकको नाम माघ मसान्तसम्मको नाफा रू. दशलाखमा गरिमा विकास बैंक                                558.08 मुक्तिनाथ विकास बैंक                                532.35 शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक                                437.15 महालक्ष्मी विकास बैंक                                334.09 कामना सेवा विकास बैंक                                312.35 लुम्बिनी विकास बैंक                                211.31 ज्योति विकास बैंक                                177.66 सांग्रिला डेभलपमेन्ट बैंक                                154.93 कुल                                2,717.92   स्रोत : नेपाल राष्ट्र बैंक

कामना सेवा विकास बैंकको नाफा दोस्रो त्रैमासमा ३२ प्रतिशतभन्दा बढीले बृद्धि

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २५ करोड ८९ लाख १९ हजार रूपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३२ दशमलव १९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १९ करोड ५८ लाख ७१ हजार रूपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ३२ दशमलव २४ प्रतिशत बढी भएको छ । गत वर्ष २७ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३७ करोड ३५ हजार रूपैयाँ सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १७ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको वितरणयोग्य नाफा ११ दशमलव ९० प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १९ करोड ८१ लाख रूपैयाँभन्दा बढी रहेको थियो । हाल कम्पनीको चुक्तपूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग १७ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १ अर्ब ५१ करोड ८८ लाख रूपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमासम्म कम्पनीले ५ प्रतिशतभन्दा बढी ५६ अर्ब २९ करोड ६४ लाख रूपैयाँभन्दा बढी भएको छ भने कर्जा प्रवाह शून्य दशमलव ३० प्रतिशत बढी ४३ अर्ब ९८ करोड २६ लाख रूपैयाँभन्दा बढी भएको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ७० प्रतिशत रहेकोमा यस वर्ष घटेर ३ दशमलव ४२ प्रतिशतमा झरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैयाा ७८ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रूपैयाँ ६१ पैसा रहेको छ ।

दोर्दी खोला जलविद्युतको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

जेठ ५, काठमाडौं । वैशाख १३ गतेदेखि निष्कासनमा आएको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । शेयर खरीद गर्न इच्छुक स्थानीयहरुले बिहीवार कार्यालय अवधिभित्र आवेदन दिनु पर्नेछ । कम्पनीले जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रू. १०० अंकित दरका रू. १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको  अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

चितवनका बैंकर्स भन्छन् : लगानी गर्ने पैसा छैन, बजारबाट ब्याज उठ्दैन !

माघ २९, चितवन । चितवनका बैंकरहरुले लामो समयसम्म तरलताको अभावका कारण थप संकट पर्दै गएको बताएका छन् ।  गएको दशैंसम्म तरलता सन्तुलनमा भएपनि त्यसपछि भने अभाव हुँदै गएको छ । हालसम्म पनि सुधारको आशामा रहेपनि  यसमा न्यून सुधार पनि हुन नसक्दा चुनौति बढ्दै गएको बैंकर्सहरुको भनाइ छ । निक्षेपको तुलनामा ऋणको माग अत्यधिक बढेको कारण पनि बैंकले थप लगानी गर्न सकेका छैनन् । अर्कोतिर ओमिक्रोनको त्रासका कारण आर्थिक गतिविधि सुस्त हुँदा पनि हरेक क्षेत्रको कारोबारमा गिरावट आएको छ । यस्तै नेपाल राष्ट्र बैंकले बैंकहरुको चुक्तापूँजी २ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्‍याउँदा पनि थप तरलता अभाव खड्किएको उनीहरुको भनाइ छ । सनराइज बैंक, नारायणगढ शाखाका प्रबन्धक योगेन्द्र पुन केन्द्रीय बैंकले नीति परिवर्तन गरेका कारण पनि तरलता अभाव भएको बताउँछन् । ‘बैंकको चुक्तापूँजी बढाएपछि नाफा कमाउनै पर्यो, पुनले भने  अर्को कुरा भएको बेला बैंकले त्यतिबेला आक्रामक रुपले लगानी  पनि गरे ।  यसको प्रतिफलले आखिर तरलता कम भयो ।’  बिदेशबाट आउने रेमिट्यान्स, कमी हुनु र नेपालमा भित्रीने रकमभन्दा बढी बाहिर पैसा गएकोले पनि तरलता अभाव भएको उनको भनाइ छ ।‘ नेपालीले बिदेशमा गर्ने व्यवसायमा पूँजी बाहिर गयो, देशको आर्थिक वृद्धिदर पनि घट्यो’, उनले भने ।  नेपालमा रकम प्रशस्त भएपनि अनुत्पादक क्षेत्रमा लगानी भएको कारण पनि तरलता अभाव भएको उनको भनाइ छ । कोरोना प्रभावित क्षेत्रमा सहुलियत र भाखा थप गरेकोले पनि तरलता अभाव भएको उनले बताए ।  ओमिक्रोनको प्रभाव कम हुँदै जाँदा एकातिर लगानीको वातावरण बन्दै गएको छ भने । अर्कोतिर बैंकमा रकम अभाव हुँदै गएको छ । कतिपय बैंकहरुले ऋण पास गरेको महीनौंसम्म पनि ऋणीलाई भुक्तानी दिन सकेका छैन । निक्षेप संकलनमा ह्रास आएपछि बैंकहरुले विभिन्न आकर्षक नीति तथा ब्याज दिएर बचतकर्तालाई आकर्षित पनि गरेका छन । बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण साना बैंकहरु भने झनै मारमा परेका छन् ।  कामना सेवा विकास बैंकका क्षेत्रिय प्रबन्धक सुरेन्द्र भण्डारी तरलता अभावका कारण लगानी गर्नै नसकिएको बताउँछन् । ‘कहिले तरलता बढ्छ, कहिले अभाव हुन्छ’, उनले भने, ‘अहिले लगानी गर्ने पैसा छैन ऋणपनि सहज रुपमा उठ्न सकेको छैन ।’ आर्थिक गतिविधि बढदै गएपछि पुन : सन्तुलनमा आउने अपेक्षा रहेको भण्डारीले बताए ।  आर्थिक वर्ष शुरु भएसंँगै बैंकहरुले छोटो समयमै अधिकांश लगानी गरिसकेका थिए । अर्कोतिर सरकारले पूँजीगत खर्च गर्न नसक्नु र बजेट खर्च नहुांदा पनि बजारमा पूँजीको अभाव देखिएको हो । कृषि विकास बैंक, हाकिमचोक शाखाका प्रबन्धक हरि अधिकारी बैंकहरुले वर्षभरि गरिने लगानी छोटो अवधिमा गरिसकेकोले तरलता अभाव भएको बताउँछन् । उनी भन्छन्, ‘पैसा त छ तर लगानी र बचतको सन्तुलन भएको छैन, अर्को कुरा बचत नहुनु र ऋण सहज नउठ्नु  पनि तरलताको अभावको कारण हो । ’ तरलता अभाव एउटा मात्र कारणले हुँदैन । केन्द्रीय बैंकको नीतिका साथै बचत तथा ऋण लगानीमा हुने ब्याजदरले पनि असर गरेको हुन्छ । बैंकिङ् सम्बन्धी बिषयमा विद्याावारिधी गरिरहेका बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका प्राध्यापक सुदिप भट्ट कोरोना महामारीका कारण व्यक्ति तथा अन्य व्यवसायिक संस्थाहरुले रकम खर्च नगरी होल्ड गर्दा पनि तरलता अभाव भएको बताउँछन् । ‘राष्ट्र बैंकको नीतिले पनि असर गर्दछ’, उनले भने, ‘लगानी भएको रकम अनुत्पादक क्षेत्रमा खर्च हुँदा पनि समस्या हुने गर्दछ ।’यसको समाधान र सन्तुलनको लागि ब्याजदर बढाएर बचत कर्तालाई आकर्षण गर्ने र ऋणको ब्याज दरमा पनि हेरफेर गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रियस्तरका विकास बैंकको नाफा १६ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठओटा विकास बैंकको नाफा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरू गरिमा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, ज्योति, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, सांग्रिला डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २० करोड १७ लाख नाफा कमाएका छन् । गतवर्षको सोही अवधिमा यी बैंकको नाफा रू. २ अर्ब ७३ करोड ९४ लाख रहेको थियो । यी ८ विकास बैंकको नाफामा वृद्धि भएको भए पनि वितरणयोग्य नाफामा भने कमी आएको छ । गतवर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कामना, ज्योति र मुक्तिनाथको वितरणयोग्य नाफा उच्च दरले घटेकाले ८ विकास बैंकको वितरणयोग्य नाफामा कमी देखिएको हो । यी आठओटा विकास बैंकको गतवर्ष कुल रू. १ अर्ब ७४ करोड ८० लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष घटेर रू. १ अर्ब ६९ करोड ८६ लाखमा झरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २ दशमलव ८२ प्रतिशतले कमी हो । टप १ मा रहेको मुक्तिनाथको नाफा घट्यो राष्ट्रिय स्तरका आठओटा विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने पहिलो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा गतवर्षको तुलनामा घटेको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा रू. ६१ करोड ५५ लाख नाफा कमाएको थियो । मुक्तिनाथले ८ विकास बैंकहरूको तुलनामा सबैभन्दा बढी नाफा कमाएको छ । तर, गतवर्ष कमाएको नाफाभन्दा चालू आवमा यो बैंकको नाफा २ दशमलव १४ प्रतिशतले घटेको छ । दोस्रोमा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । गरिमाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म्मा रू. ४९ करोड २९ लाख नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा यो बैंकको नाफा रू. ३९ करोड ३५ लाख रहेको थियो । गतवर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा २५ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । महालक्ष्मीको नाफा ३१ प्रतिशतले वृद्धि महालक्ष्मी विकास बैंकको नाफा गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३१ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३४ करोड ६८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले रू. ४५ करोड ६२ लाख नाफा कमाएको छ । लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशतले वृद्धि गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा लुम्बिनी विकास बैंकको नाफा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३४ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड १८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३५ करोड १७ लाख नाफा कमाएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ प्रतिशलते वृद्धि गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड ११ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ८८ लाख नाफा कमाएको छ । ज्योति विकास बैंकको नाफा १२ प्रतिशतले वृद्धि गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ज्योति विकास बैंकको नाफा १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३० करोड ५५ लाख नाफा कमाएको थियो भने चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ४० लाख नाफा कमाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ प्रतिशतले वृद्धि गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा रू. १६ करोड ४८ लाख नाफा कमाएको बैंकले चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख नाफा कमाएको छ । कामना सेवा विकास बैंकको नाफा करीब १२ प्रतिशतले घट्यो कामना सेवा विकास बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ११ दशमलव ८९ प्रतिशतले नाफा घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३९ करोड ४७ हजार नाफा कमाएकोमा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ३६ लाख नाफा कमाएको छ । महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा १२० प्रतिशतले वृद्धि महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा १२० दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमासम्म यो बैंकको वितरणयोग्य नाफा रू. १२ करोड ४७ लाख रहेकोमा चालू आवमा वृद्धि भएर रू. २७ करोड ५० लाख पुगेको छ । त्यसैगरी लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा ५२ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्म रू. १६ करोड ३५ लाख वितरणयोग्य नाफा कमाएको बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा वृद्धि गरेर रू. २४ करोड ९४ लाख पुर्‍याएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ११८ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्म रू. ८ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा भएकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा वृद्धि भएर रू. १८ करोड ४ लाख पुगेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा २८ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म रू. १६ करोड ९८ लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष वृद्धि भएर रू. २१ करोड ८० लाख पुगेको छ । त्यसैगरी गरिमा विकास बैंकको वितरणयोग्य नाफा ४१ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म रू. २५ करोड २३ लाख वितरण योग्य नाफा भएकोमा यो वर्ष वृद्धि भएर रू. ३५ करोड ६१ लाख पुगेको हो । कामना सेवाको वितरणयोग्य नाफा धेरै घट्यो राष्ट्रियस्तरका आठओटा विकास बैंकमध्ये तीनओटाको वितरणयोग्य नाफा घटेको छ । चालू आवको दोस्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडको वितरणयोग्य नाफामा कमी आएको छ । उक्त अवधिसम्ममा सबैभन्दा बढी वितरणयोग्य मुनाफामा कमी आउनेमा कामना सेवा विकास बैंक रहेको छ । यो बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वितरणयोग्य नाफा ६४ दशमलव ४१ प्रतिशतले घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकको वितरणयोग्य नाफा रू. २७ करोड १९ लाख रहेकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर रू. ९ करोड ६७ लाखमा सीमित भएको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा ५७ दशमलव ७२ प्रतिशतले घटेको छ भने ज्योति विकास बैंकको वितरणयोग्य नाफामा ३६ दशमलव २० प्रतिशतले कमी आएको छ । मुक्तिनाथ विकास बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा रू. ५२ करोड ५५ लाख रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा यो बैंकको वितरणयोग्य नाफा घटेर रू. २२ करोड २१ लाखमा सीमित भएको छ । त्यसैगरी ज्योति विकास बैंकको गतवर्षको दोस्रो त्रैमाससम्ममा वितरणयोग्य नाफा रू. १५ करोड ७५ लाख थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर रू. १० करोड ५ लाखमा झरेको छ ।

कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा

माघ ४, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको छ ।  कम्पनीले मंगलवार दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष करीब १२ प्रतिशतले घटेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३९ करोड ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिसम्म रू. ३४ करोड ३६ लाख ८१ हजार मात्र यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा ४१ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ३४ करोड ६९ लाख ५६ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४९ करोड ९ लाख ७३ हजार यो नाफा गरेको हो । सञ्चालन नाफा वृद्धि भए पनि कम्पनीको गैर सञ्चालन आम्दानी कम भएकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. २१ करोड २ लाख ५४ हजार रहेको गैर सञ्चालन आम्दानी यो वर्ष रू. ९२ लाख ९१ हजारमा सिमित भएको हो ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य मुनाफा पनि ६४ दशमलव ४१ प्रतिशत कम भएको छ । गत वर्ष रू. २७ करोड १९ लाख ५७ हजार रहेको वितरण योग्य मुनाफा यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा सीमित भएको हो । यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १४ करोड २५ लाख ७७ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ४२ दशमलव ८५ प्रतिशत बढेको छ । गत वर्ष रू. ६५ करोड ८७ लाख ५५ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ९४ करोड १० लाख ३० हजार पुगेको हो । रिटेन्ड अर्निग भने गत वर्षभन्दा ८१ दशमलव ६५ प्रतिशत घटेको छ । गत वर्ष रू. ५२ करोड ७५ लाख २१ हजार रहेको रिटेन्ड अर्निग रकम यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा झरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन ७ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह ११ दशमलव ५० प्रतिशत बढेको छ । गत वर्ष रू. ४४ अर्ब २० करोड ६ लाख ५ हजार निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष रू. ४७ अर्ब ७३ करोड २४ लाख ७८ हजार निक्षेप संकलन गरेको हो । त्यस्तै गत वर्ष रू. ३८ अर्ब ५८ करोड ५ लाख ५० हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ४३ अर्ब १ करोड ५५ लाख ३७ हजार कर्जा प्रवाह गरेको हो । गत वर्ष यस अवधिमा १ दशमलव ५९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ७७ प्रतिशत कायम भएको छ । कम्पनीको दोस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी रू. २१ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव शून्य २ छ ।

८५ वर्षदेखि अनवरत सेवामा नेपाल बैंकः धातुको टोकनदेखि डिजिटल बैंकिङ सम्मको यात्रा

नेपालमा बैंकिङ इतिहासको अध्ययन गर्दा २० औँ शताब्दीको मध्यपूर्वको समयलाई बैंकिङ इतिहासमा सर्वाधिक महत्वको समय मानिन्छ । विश्वमा १७औँ शताब्दी ताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म लाग्यो ।बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ले गरेको हो भन्दा अत्युक्ति हुँदैन । किनकी, नेपाल बैंक नेपालको पहिलो बैंक हो । जसको जन्म १९९४ साल कार्तिक ३० गते भएको हो । कस्तो थियो सुरुवाती अवस्था ?नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । त्यतिबेला पनि पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा सुरु भएको यो बैंकमा १० जना लगानीकर्ता थिए । ६० प्रतिशत सरकारी स्वामित्व थियो भने बाँकी ४० प्रतिशत निजी क्षेत्रको लगानी थियो ।८ करोड ४२ लाख रुपैयाँ चूक्ता पूँजीबाट निजी–सरकार साझेदारीमा सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । १२ जना कर्मचारीबाट सुरु भएको बैंकको सुरुको जारी पूँजी २५ लाख थियो ।नेपाल र नेपालीसँगको सम्बन्धनेपालमा बैंकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमीका अन्य बैंकसँग तुलना हुनै सक्दैन । यसको आफ्नै लामो इतिहास छ । ऐतिहासिक पृष्ठभूमीको जगमा उभिएर हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गाँसिएको बैंक हो ।नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्रै नभई नेपालमा स्वदेशी मुद्रा प्रचलमा ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै जान्छ । भारु (भारतीय रुपैयाँ) को दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले त्यो समयमा खेलेको भूमीकाको जति प्रशंसा गरेपनि कमी हुन्छ ।१९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमीका निर्वाह गरेको नेपाल बैंक हरेक नेपाली जनको हृदयसँग जोडिएको छ । त्यसैले यो बैंक स्थापना भएको साल १९९४ साललाई नेपालको बैंकिङ क्षेत्रको कोशेढुंगाका रुपमा लिइन्छ ।उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवम् प्रवद्र्धनमा अग्रणी भूमीका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८५ औँ वर्षसम्म अटुट रुपमा बैंकिङ सेवा प्रदान गर्न सफल छ । त्यसैले त, यो बैंक र नेपाल/नेपालीबीच अटुट प्रेम छ ।सम्झनाका विशेष दिन१९९४ साल कार्तिक ३० गते आफैँमा नेपाली बैंकिङ क्षेत्रको ऐतिहासिक दिन हो । यो दिनलाई ‘राष्ट्रिय बैंकिङ दिवस’का रुपमा मनाउनुपर्ने मत पनि विस्तारै दर्बिलो बन्दै गएको छ । साढे ८ दशकको लामो यात्रामा बैंकले सदा स्मरण गरिरहने वा नेपाल बैंक भन्नासाथ स्मृतिमा आइहाल्ने क्षणहरु पनि छन् ।२०५८ साल चैत्र १ बाट २०६४ साल साउन ४ सम्म ५ वर्ष नेपाल बैंकको व्यवस्थापनको जिम्मा बैंक अफ स्कटल्याण्डलाई करारमा दिईएको थियो । वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत इन्टरनेशनल कन्फ्रेन्स अन कम्युनिकेशन्स म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आईसीसीएमटी) ले ५ वर्ष व्यवस्थापन गर्दा बैंक धेरै सबल बन्यो । खराब कर्जा घट्यो, नीति नियममा सुधार आयो, अधिक कर्मचारीहरुको संख्या कटौती संगसंगै बैंकमा आधुनिक प्रविधिको पनि प्रवेश भयो । बिभिन्न क्षेत्रमा भएको पुनःसंरचनाले बैंकलाई अब्बल बैंकका रुपमा स्थापित गर्न सहयोग गर्यो । २०७१ चैत्र १२ देखि बैंक फेरि आफ्नै सञ्चालक समितिमार्फत सञ्चालन हुँदै आएको छ । करिब २ दशकसम्म लाभांश नपाएका शेयरधनीहरुका लागि बिशेष सम्झनाको वर्ष आर्थिक वर्ष २०७६/०७७ रह्यो । जुन वर्षदेखि यो बैंकले नियमित रुपमा लाभांश वितरण गर्दै आइरहेको छ ।बैंकले मारेका छलाङहरुनेपाल बैंक पराम्परागत बैंकिङबाट एकैपटक आधुनिक बैंकिङमा सफलताका साथ छलाङ मार्न सफल अब्बल बैंक सावित भएको छ । आधुनिक बैंकिङ, कोर बैंकिङ सफ्टवेयर, मोबाइल बैंकिङ, डेबिट÷क्रेडिट कार्ड र अनलाइन बैंकिङमा बैंकले एकसाथ फड्को मारेको हो । यसरी नेपाल बैंक आधुनिक प्रविधिमैत्री बैंकका रुपमा रुपान्तरण भएको छ ।सेवा विस्तारमा आक्रामक ढंगले प्रस्तुत भएको यो बैंकले २१७ शाखामार्फत कारोबार गर्दै आएको छ । बैंकले शाखासँगै १४८ वटा एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टरमार्फत देशैभर उपस्थिती जनाएको छ । सुरुमा दिनमा बैंकको कार्यप्रणाली हेर्दा लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैयाँ, पैसा घडामा हैन बैंकमा राख्नुपर्छ, क्रण साहुसँग नभई बैंकबाट लिनुपर्छ भनि ग्राहकहरुलाई बैंकिङ्गको कखरा सिकाएको यस बैंक हाल बैंकिङ्ग बजारमा उपलब्ध अत्याधुनिक प्रविधि तथा उपकरणहरुद्धारा सञ्चालित सेवाहरु उपलब्ध गराईरहेको छ । बैंकले VISA सहित एटिएम, डेविट कार्ड, क्रेडिट कार्ड एनिब्रान्च बैंकिङ्ग, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, विल भुक्तानी सेवा, सार्वजनिक सवारीमा ई-टिकेटिङ्क सेवा लगायतका स्मार्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।दक्ष जनशक्तिनेपाल बैंकले यो स्तरको सफलता हाँसिल गर्नुमा त्यहाँको अब्बल जनशक्तिले थापेको काँधलाई कदापि भुल्न हुँदैन । आधुनिक प्रविधिसँग साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्यता रहेको यो बैंकमा कार्यरत कर्मचारीको औसत उमेर नै करिब ३२ वर्ष छ । २४ सय बढी कर्मचारीको योगदानले बैंक निरन्तर वित्तीय सूचकमा फड्को मारिरहेको छ ।यति मात्रै होइन, व्यवस्थापकीय जिम्मेवारीमा युवा पुस्तालाई गरेको विश्वासका कारण पनि बैंक सफलताको यात्रामा निरन्तर सफर गरिरहेको छ । सबै पिँढीको साथीनेपाल बैंकले २१ लाख बढी आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ । बालक, युवा, प्रौढ, जेष्ठ नागरिक सबैको रोजाई बन्न सफल नेपाल बैंकमा दिनप्रतिदिन युवा उद्यमीहरुको आकर्षण बढ्दो छ । उद्यमी, व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपालीजनको रोजाई बनेको यो बैंकले ग्राहक सेवालाई उच्च प्राथमिकतामा राखेर निन्तर कर्म गर्दै आएको छ । त्यसैले त, नेपाल बैंक साँच्चै ‘सबै पिँढीको साथी’ बनेको छ ।लगानीका क्षेत्रनेपाल बैंकले सबै क्षेत्रमा लगानी गरेको छ । कृषि, पर्यटन, जलविद्युतलगायत सरकारी नीति अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य छ ।युवा स्वरोजगारको क्षेत्रमा होस् वा महिला उद्यमशीलताका क्षेत्रमा होस्, बैंकले लगानी गर्न छोडेका क्षेत्र छैनन् । समग्रमा सरकारको वित्तीय नीति र मौद्रिक नीतिको सफल कार्यान्वयनमा बैंकले अग्रणी भूमीका निर्वाह गर्दै आएको छ ।यति मात्रै होइन, कोरोना प्रभावित उद्योग व्यवसायको क्षेत्रलाई पुनः पूर्ववत् अवस्थामा फर्काउन सरकारले ल्याएका कार्यक्रमको कार्यान्वयन र राष्ट्र बैंकबाट प्राप्त निर्देशन पालनामा नेपाल बैंकले देखाएको तत्परता अनुकरणीय छ ।कारोबार८५ वर्षअघि ८ करोड ४२ लाख रुपैयाँ चूक्ता पूँजीबाट सुरु भएको नेपाल बैंकको चूक्ता पूँजी अहिले १२.६८ अर्ब छ । आर्थिक वर्ष २०७७/०७८ मा ३०६ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले सोही वर्षमा १६३ अर्ब बचत संकलन गरी १३४ अर्ब कर्जा लगानी गरेको छ ।२०६७/०६८ सम्म ११० वटा शाखा रहेको यो बैंकले १० वर्षको अवधिमा दोब्बर बढीले शाखा सञ्जाल बढाएर ग्रामिण भेगमा लगानीको वातावरण पनि तयार गरिदिएको छ । जसका कारण हरेक वर्ष बैंकका वित्तीय सूचकहरुमा उल्लेख्य प्रगति आईरहेको छ ।यति मात्रै नभई, नेपाल बैंकको शेयर मूल्यमा दोस्रो बजारका लगानीकर्ताको पनि उत्तिकै आकर्षण छ । नेपाली अर्थतन्त्र विकासका लागि बैंकले गरेका प्रतिवद्धताबैंकले हालसम्म आईपुग्दा नेपाली अर्थतन्त्रको विकासमा अतुलनीय योगदान गरेको छ । यति मात्रै होइन ८५ औँ वार्षिकोत्सवको अवसरमा बैंकले थप प्रतिवद्धताहरु पनि गरेको छ । देशका सबै वर्ग र क्षेत्रमा वित्तीय सेवाको विस्तार गरि वित्तीय सेवाको पहुँच अभिबृद्घि गर्न बैकले प्रतिवद्धता जनाएको छ । यसले हरेक स्थानीय तहका हरेक व्यक्ति वित्तीय रुपमा साक्षर बन्ने, लगानीका अवसरहरु सिर्जना हुने र ग्रामिण अर्थतन्त्रको विकासमा उदाहरणीय योगदान गर्ने बैंकको लक्ष्य छ ।हाल ग्रामीण भेगमा रहेको सानो तर बैंकिङ च्यानलमा नआएको अर्थ (पैसा) लाई बैंकिङ क्षेत्रमा जोडेर लगानीका अवसर फैलाउने योजनामा बैंक छ । यसो गर्न सकिए देशमा उद्यमशीलता विकास गर्न थप टेवा पुग्ने बैंकको दीर्घकालिन सोच छ ।कृषिसहित प्राथमिकता प्राप्त क्षेत्रको विकासमा बैंकले आफ्ना सबै अवयवहरु परिचालन गर्ने लक्ष्य पनि बोकेको छ । सबै नेपालीलाई प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धतामा बैंक निरन्तर अघि बढेको छ । डिजिटल नेपालको अभियानमा दर्बिलो सारथीका रुपमा आफूलाई उभ्याउन बैंकले प्रभावकारी ग्राहक सेवामा जोड दिएको छ ।यति मात्रै होइन, सामाजिक उत्तरदायित्वको क्षेत्रमा बैंकले देशभरी प्रभावकारी उपस्थिती जनाउने तीव्र चाहना राखेको छ ।राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई ब्राण्ड एम्बासडर बनाएको नेपाल बैंकले देशभित्र वैज्ञानिक खोज अनुसन्धानको लामो यात्रामा निस्किएको आविष्कार केन्द्रमा सहयोग गरेको प्रष्ट देखिन्छ । नेपाल बैंक मुलुकको उन्नति र प्रगतिको मामिलामा नाफा र घाटा नहेर्ने राष्ट्रभक्तको भावले ओतप्रोत बैंक बनोस् साथै प्रभावकारी ग्राहकसेवा र आधुनिक प्रविधिमा लगानी गरि आफ्नो प्रतिष्पर्धात्मक क्षमता वृद्धि गरि नेपालको बैंकिङ क्षेत्रको धरोहर बनिरहोस् र नेपालको आर्थिक विकास र आम नेपालीको आर्थिक उन्नतिमा बैंकले अझै धेरै योगदान गर्न सकोस् भन्ने आम नेपालीको कामना छ ।

१० महीनासम्ममा राष्ट्रियस्तरका विकास बैंकको नाफा रू. ५ अर्ब

काठमाडौं । सरकारले कोभिडको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा गरेपछि अधिकांश क्षेत्र प्रभावित बने पनि राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफामा भने असर परेको छैन । गत वैशाखको आधा महीना निषेधाज्ञा भए पनि उक्त महीना अधिकांश विकास बैंकले राम्रै मुनाफा गर्न सफल भएका छन् । सञ्चालनमा रहेका आठओटा राष्ट्रियस्तरका विकास बैंकले चालू आर्थिक वर्षको १० महीनासम्ममा समग्रमा खुद नाफा ५ अर्ब २ करोड २४ लाख रुपैयाँ हात पारेका छन् । यस अघिको चैत महीनासम्ममा ती बैंकहरूले खुद नाफा रू. ४ अर्ब ४९ करोड ९९ लाख गरेका थिए । एकै महीनाको अन्तरमा उक्त विकास बैंकहरूले ५२ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअघि मासिक करीब ५० करोड रुपैयाँको हाराहारीमा नाफा गरेको देखिन्छ । समग्रमा बैंकहरूको नाफा राम्रै बढेको देखिए पनि केही बैंकले भने यसअघिको महीनाभन्दा कम नाफामा चित्त बुझाउनु परेको छ । पछिल्लो समयसम्म राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, ज्योति, कामना सेवा, साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र सांग्रिला विकास बैंक सञ्चालनमा रहेका छन् । उक्त बैंकमध्ये चालू आवको वैशाखसम्ममा सबैभन्दा धेरै खुद नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिसम्म यसले रू. १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि चैतसम्ममा अर्थात् तेस्रो त्रैमासमा रू. १ अर्ब ५६ लाख रुपैयाँको हाराहारीमा नाफा गरेको थियो । एकै महीनाको अन्तरमा उक्त बैंकले करीब ११ करोडको नाफा गरेको छ । तर, यो नाफा वृद्धि भने गत महीनाको भन्दा कम देखिन्छ । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल १० महीनाको बीचमा जम्मा आधा महीना मात्रै बन्द भएकाले बाँकी समय पूरै काम गर्न पाउँदा विकास बैंकहरूको नाफा वृद्धिमा खासै प्रभाव नपरेको बताउँछन् । कुल खुद नाफा कमाउने दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ । यसले वैशाखसम्ममा ७५ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । कुल खुद नाफा गर्ने तेस्रो स्थानमा रहेको ज्योति विकास बैंकले रू. ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । यसले १ महीनामा थप ८ करोड नाफा बढाएको छ । कामना सेवा विकास बैंकले वैशाखसम्ममा ६४ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यसले गत चैत्रसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ कमाएको थियो । यस बैंकले यस अवधिमा ५ करोड ९१ लाख रुपैयाँ नाफा बढाएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वैशाखसम्ममा रू. ५० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । निषेधाज्ञाको महीनामा राम्रो नाफा वृद्धि गर्नेमा महालक्ष्मी विकास बैंक देखिएको छ । गत तेस्रो त्रैमास अर्थात् चैतसम्ममा रू. ४० करोड ३६ लाख खुद नाफा गरेको उक्त बैंकले वैशाखमा रू.९ करोड ३८ लाख रुपैयाँले नाफा वृद्धि गरेर कुल नाफा रू. ४९ करोड ७४ लाख आर्जन गरेको छ । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा अत्यावश्यक खालका रिटेल, मार्जिन प्रकृतिका कर्जाहरू गएका र यसबाट ब्याज आम्दानी भइरहेकाले निषेधाज्ञा भए पनि बैंकको नाफा वृद्धिमा कम प्रभाव परेको बताउँछन् । राष्ट्रियस्तरका लुम्बिनी र सांग्रिला डेभलपमेन्ट बैंकको कुल खुद नाफा बढे पनि मासिक वृद्धि भने घटेको छ । लुम्बिनी विकास बैंकले १० महीनामा रू.४६ करोड २८ लाख नाफा गरेको छ । यसले चैतमा रू.४२ करोड ३७ लाख नाफा गरेको थियो । यसबीच १ महीनामा थप रू. ३ करोड ९० लाख नाफा बढाएको छ । गत चैतसम्ममा रू. ३५ करोड १ लाख खुद नाफा गरेको सांग्रिला डेभलपमेन्ट बैंकले रू. ८४ लाखको हाराहारीमा मात्रै नाफा वृद्धि गरेर वैशाखमा रू. ३६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।