नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ललाई पार्टीबाट निष्कासित गरिएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको हो ।‘नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ’ प