डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौँडाका हाकिम हटाए झैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रोपटक नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ’, उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले