काठमाडौँ : भोलि शनिवार ‘बागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ।नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिस (नारा) र फ्रेण्ड्स क्लब कुपण्डोलले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी गराएका हुन्।बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित उक्त जलजात्राको २३ औं संस्करणको रूपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भ