कोरोनाको चौतर्फी असर

सन् २०१९ डिसेम्बरको अन्तमा चीनको बुहानबाट फैलिएको भनिएको कोभिड–१९ ले आज विश्व नै त्रसित अवस्थामा रहेको छ । कोरोनाकै कारणले आर्थिक क्रियाकलाप प्रायः ठप्प हुँदा सबै देशमा आर्थिक मन्दी छाएको छ । कोरोनाको कारण हरेक क्षेत्रमा असर पुगेको छ । हजारांैले रोजगारी गुमाएका छन । व्यापार व्यवसाय उद्योग आदि सबै बन्द हुँदा सर्वत्र नकारात्मक प्रभाव […] The post कोरोनाको चौतर्फी असर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नेपालको वाणिज्य क्षेत्रमा कोरोनाको असर

विश्वभर महामारीका रूपमा पैmलिएको कोरोनाका कारण नेपालमा पनि आर्थिक क्रियाकलाप प्रभावित भए । २०७६ चैत ११ गते सुरु भएको लकडाउन २०७७ असार १ गते खुकुलो हुन सुरु भई मंसिरपछि सामान्य हुँदै गए पनि पुन: ठीक एक वर्षपछि अर्थात् २०७७ चैतदेखि त कोरोनाको संक्रमण हुने दैनिक बिरामी बढ्दै गएकाले र २०७८ चैतपछि लकडाउन हटे पनि २०७९ […]

कोरोनाको असर कम गर्ने जीन पत्ता लागेको वैज्ञानिकहरुको दावी

३ माघ, काठमाडौं । कोभिड-१९ संक्रमणको असर कम गर्ने जीन पत्ता लागेको वैज्ञानिकहरुले दावी गरेका छन् । स्विडेनका वैज्ञानिकले पत्ता लगाएको उक्त जीनले कोभिड संक्रमणपछि देखिने गम्भीर असर २० प्रतिशतले कम गर्ने दावी गरिएको छ । वैज्ञानिकहरूले आफूहरूको पछिल्लो खोजबाट कोरोना भाइरसविरुद्ध प्रभावकारी औषधि बनाउन सहज हुने बताएका छन् । हालै पत्ता लागेको जीनले मानव […]

खोप लगाएकामा कोरोनाको असर कम

काठमाडौं, माघ १ । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, […]

रोजगारीको क्षेत्रमा कोरोनाको असर

संसारकोे जनसंख्या ७ अर्ब ८२ करोड नाघेको छ । कोरोनाको पुरानो मात्रै होइन, नयाँँ भाइरससमेत देखिएको छ । कोरोना भाइरस एक वर्षमा विश्वको सेरोफेरो घुम्यो, चीनले तुरुन्तै नियन्त्रणमा लियो । संसारको समृद्ध देश अमेरिकाका ३३ करोड जनतामध्ये ६ प्रतिशत भनौँ १ करोड ९५ लाखलाई कोेरोना पुष्टि भयोे । सन् २००९ पछिको सबैभन्दा ठूलो आर्थिक मन्दी […]

कोरोनाको चौतर्फी असर

सन् २०१९ डिसेम्बरको अन्तमा चीनको वुहानबाट फैलिएको भनिएको कोभिड–१९ ले आज विश्व नै त्रस्त छ । कारोनाकै कारण आर्थिक क्रियाकलाप प्राय ठप्प हुँदा सबै देशमा आर्थिक मन्दी छाएको छ । हजारौंले रोजगारी गुमाएका छन् । व्यापार व्यवसाय उद्योग आदि सबै बन्द हुँदा सर्वत्र नकारात्मक प्रभाव पर्न पुग्यो । स्वास्थ्यमा त विकराल अवस्था छँदै छ, यसबाहेक शिक्षाक्षेत्र पनि डामाडोल भएको छ । उत्पादनमूलक क्षेत्रमा अवरोध सृजना हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेर समग्र अर्थतन्त्रमा ऋणात्मक असर पर्न गयो । अर्थतन्त्रका अवयवहरू श्रम, उद्योग, रोजगारी, व्यापार आदिमा नकारात्मक प्रभावका कारण आज हाम्रो अर्थतन्त्र समस्यामा परेको अवस्था छ । कोरोनाको विश्वव्यापी महामारीका कारण कमजोर बनेको अर्थतन्त्रलाई उकास्न ज्यादै मेहनत गर्नुपर्ने भएको छ । समाजको गतिशीलताका लागि गरिने सबै क्रियाकलापले आपसी सदभाव, मेलमिलाप तथा विकास निर्माणका कार्य हुने गर्छन् । विभिन्न बैठक, गोष्ठी, तालीम, भेला, सम्मेलन, अन्तरक्रिया, छलफल आदि सबै बन्द भएको अवस्था छ । यसले विकास निर्माणलगायत अन्य शीप विकास तथा आय आर्जनका क्रियाकलापहरू पनि हुन पाएन । व्यक्तित्व विकास स्वरोजगारी र अन्य महत्त्वपूर्ण कार्य अवरुद्ध हुँदा त्यसको असर सर्वत्र परेको छ । यसले अन्ततः देशको अर्थतन्त्रलाई नै कमजोर बनाएको छ । समाजका विविध अवयवहरूमा नकारात्मक असर पर्न जाँदा स्वाभाविक रूपले समाजमा पनि परिवर्तनशीलता र गतिशीलता नदेखिने अवस्थाको सृजना हुन पुग्छ । अर्थतन्त्रको महत्वपूर्ण एकाइ भनेको रोजगारी नै भएकाले यसको भूमिका ज्यादा रहन्छ । कोरोनाका कारण नेपालमा नै हजाराैं व्यक्तिले रोजगारी गुमाउनु परेको तीतो यथार्थ हाम्रो सामु छँदै छ । विभिन्न निजी संस्थामा रहेका कामदारहरूले पेशा गुमाउनुपर्दा उनीहरूको दैनिकी थप कष्टकर बन्न पुग्यो । बिहान बेलुका हात मुख जोर्ने समस्याले गर्दा केही आत्महत्यासमेत गर्न पुगेको नमिठो वास्तविकता हामीले देखे भोगेकै हौ । यसले समाजमा अर्को समस्या यो सृजना गरेको छ : त्यो हो डिप्रेशन । यो आज ठूलो र विकराल बन्दै गएको देखिन्छ । रोजगारीको सवालमा वैदेशिक रोजगारी हाम्रा अर्थतन्त्रको मुख्य आधार बनेको छ । पछिल्लो तथ्यांकअनुसार ५० लाखभन्दा धेरै मानिस वैदेशिक रोजगारीका लागि अन्य मुलुकमा गएका छन् । कोरोना विश्वव्यापी महामारीका रूपमा फैलिएकाले यसले सबै देशमा असर पारेको छ । त्यसैले विभिन्न देशमा श्रम गर्न गएका श्रमिकले पनि रोजगारी गुमाउनु परेकाले एकातर्फ देशको अर्थतन्त्रलाई असर पर्न गयो भने अर्कातिर रोजगारी गर्नेको परिवारलाई प्रत्यक्ष असर पर्न गयो । परिवारको बिचल्ली भयो भने देशको अर्थतन्त्रको टेको पनि कमजोर बन्यो । वैदशिक रोजगारीमा जानेले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा सहजता आउने हुँदा यसले हाल थप समस्या पनि सृजना गरेको छ । नेपालको हरेक परिवारमा विदेश जाने मानिस रहेको अध्ययनले देखाएको छ । यसो हुँदा सबैलाई यो समस्याले प्रभाव पार्ने निश्चित छ । देशमा रोजगारीको व्यवस्था गर्न नसक्दा आज होनहार युवा जनशक्ति विदेशिन बाध्य भएका छन् । वैदेशिक रोजगारी क्षणिक रूपमा लाभदायक भए पनि दीर्घकालका लागि यो घातक हुने यस क्षेत्रका जानकारहरू बताउने गर्छन् । राजनीतिक अस्थिरता, उद्योगको स्थापना गर्न नसक्नु, दृढ इच्छाशक्तिको अभाव आदिले गर्दा आज स्वदेशमा रोजगारीको अवसर देखिँदैन । त्यसैले बाध्यताका कारण विदेशिन परेको वास्तविकता हामीले भुल्नु हुँदैन । रोजगारीमा जाने मात्र नभई अध्ययनका लागि विदेश गएका समेत स्वदेशमा नआउने भएका छन् । यसले नेपालमा बौद्धिक पलायनको समस्यासमेत सृजना भएको छ ।    कोरोनाको महामारीबाट प्रत्यक्ष प्रभाव परेको विषय भनेको पारिवारिक भेटघाट जमघट तथा सामान्य कार्यक्रमसमेत गर्न नमिल्ने अवस्थाको सृजना भएकाले सबैमा एक प्रकारको न्यास्रोपूर्ण वातावरण बनेको देखिन्छ । एका घरका सदस्य बिरामी पर्दा समेत निर्धक्क भेटघाट तथा सहयोग गर्न असहज भयो । मानिस निकट भए पनि रोगसँग जोरी खोज्ने दुस्साहस पनि गर्नु भएन । असहज अवस्थामा पारिवारिक रूपमा प्रत्यक्ष सहयोग समेत नमिल्ने जुन अवस्था आयो त्यो भने ज्यादै मन कुँडाउने खालको बन्न पुगेको छ । यसले कताकता पारिवारिक सम्बन्धको दूरी त बढाउने होइन भन्ने चिन्तासमेत बढाएको अनुभूति सर्वत्र गरिँदै छ । विश्वव्यापी रूपमा फैलिएको कारोनाको त्रासदीले सबै समाजमा प्रत्यक्ष प्रभाव पारेकाले हाम्रो समाजमात्र त्यसबाट अलग रहने विषय भएन । आम नागरिकमा स्वास्थ्य सचेतना वृद्धि भएको छ जसले संक्रमण कम गर्न सहयोग पुगेको छ । मास्क लगाउने बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्ने जस्ता कार्यले रोगको फेलावटलाई केही न्यून गर्न सघाउ पुगेको छ । अर्को सामाजिक पक्ष भनेको विवाह, व्रतबन्धका कार्यक्रम तीजजस्ता सामूहिक भेलाहरूमा लगाम लाग्न पुग्यो जुन अत्यन्तै सकारात्मक भएको छ । यसले समाजमा मितव्ययिता कायम राख्न सहयोग पुगेको छ । त्यतिमात्र नभइ विपन्न वर्गमा जुन बाध्यता समाजमा देखाउनका लागि भने पनि गर्नुपर्ने र ऋण नै गरेर भए पनि चाड पर्व मनाउनुपर्ने अवस्थाको अन्त्य हुन पुगेको छ जसले समाजमा विकृति बन्न पुगेको तडकभडकका साथै देखासिखी गर्ने परिपाटी हाललाई अन्त्य भएको छ । यसले नेपाली समाजमा व्याप्त रहेको खर्चिलो र भड्किलो बनेको पर्व उत्सव आदिमा सकारात्मक सन्देशकोे सञ्चार गराएको छ । यो समाजको सकारात्मक पक्ष हो । लेखक समाजशास्त्रका अध्यापक हुन् ।

कोरोनाको असर : गड्डाचौकी नाकाबाट दुईजना पर्यटक मात्र भित्रिए

कञ्चनपुर : कोरोनाको संक्रमणको जोखिमका कारण पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष दुईजना पर्यटक मात्रै भित्रिएका छन्।भारतस्थित नेपाली राजदुतावासबाट अनुमति लिएर आएका दुईजना भारतीय पर्यटक अगस्ट महिनामा भित्रिएका हुन्। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमा नाका हुँदै भारततर्फ गएका छन्।कोरोनाको दोस्रो लहर सुरु भएपछि सीमा नाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताए। उनका अनुसार सन

कोरोनाको तेस्रो लहरले बालबालिकामा असर पार्ने आधार छैनः लानसेट रिपोर्ट

एजेन्सी। मेडिकल साइन्सको प्रतिष्ठित पत्रिका लानसेटले कोरोनाको सम्भावित तेस्रो लहरले बालबालिकामा अधिक असर गर्छ भन्दै अहिले चलिहरको आशंकामा कुनै ठोस आधार नभएको उल्लेख गरेको छ। भारतीय बालरोग विशेषज्ञसँग मिलेर लानसेटले गरेको शोधपछि यो रिपोर्ट तयार पारिएको हो। तेस्रो लहरले बालबालिकामा असर गर्ने सवालमा भारत बढी आशंकित छ। तर, बालबालिकामा संक्रमण भए पनि सामान्य लक्षणमात्रै देखिने लानसेटको रिपोर्टमा उल्लेख छ।

‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

एजेन्सी, २१ जेठ । प्रत्येक व्यक्तिको एउटा रगतको समुह हुन्छ । कोरोना भाइरसले केही रक्तसमुहका मानिसहरुलाई प्रभाव कम पार्छ भने केही रक्त समुहका मानिसहरुलाई गम्भिर असर पार्ने तथ्यं एक अनुसन्धानबाट पत्ता लागेको हो । यो संजय गान्धी स्नातकोत्तर आयुविज्ञान संस्थानका प्रो. अतुल सोनकरलाई उद्वत गर्दै भारतीय मिडिया दैनिक जागरणले एबी र बी रक्त समुहका मानिसहरु […]

फोक्सो मात्रै होइन, शरीरका यी अङ्गहरूमा हुनसक्छ कोरोनाको असर, यस्तो छ सङ्केत

कोरोनाको दोस्रो लहरले नेपालमा भयावह अवस्था सिर्जना गरेको छ । संक्रमितको संख्या निरन्तर बढीरहेको छ । दोस्रो लहरमा धेरै नयाँ लक्षणहरू पनि देख्न सकिन्छ, जसले यो

तंग्रिएको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरको असर

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले तंग्रिन लागेको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरले फेरी असर गरेको बताएको छ। त्यसैले अब कोरोना संक्रमण फैलिन नदिइ अर्थतन्त्रलाई चलायमान बनउनु पर्ने महासंघको भनाइ छ। निषेधाज्ञाको समयमा पनि रोजगारी गुम्न नदिने र आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल गर्न तयार रहेको अध्यक्ष शेखर गोल्छाले बताए।