प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद्को अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान भएको भेटवार्तामा संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउने सहमति भएको हो ।
यसअघि संसद्को नवौं अधिवेशन चलिरहेको समयमा देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित भएको थिएन । मंसिर २८ गते शुरू भएको संसद्को हिउँदे अधिवेशनमा पनि एमालेले अवरोध शुरू गरेको छ ।
...