वृहत् राष्ट्रिय एकताकाे शक्तिशाली सन्देश दिने थलाे प्रतिनिधि सभा हाे : सभामुख सापकाेटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । आइतबारदेखि सुरु हुने सङ्घीय संसदको अधिवेशनको तयारी सम्बन्धमा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा निरीक्षणका लागि पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिक दलहरूबीचमा वृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको हो ।  उहाँले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडि बढ्न तथा संविधान जारी भएसँगै नागरिकले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि वृहत् राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभय...

सम्बन्धित सामग्री

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।...

तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित

काठमाडौँ – प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेपछि बैठक अवरुद्ध भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा तीन दलले आजको बैठकमा नाराबाजी गरेका गरेका हुन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको […]

प्रतिनिधि सभा बैठकमा रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराउनुभएको छ । सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ । लामिछाने गत चुनावमा चितवन–२ बाट निर्वाचित हुनुभएको थियो । सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको […]

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाण्डाै - सङ्घीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सङ्घीय संसद् भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यसअघि, हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो । कांग्रेसका सांसद गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो । यस्तै, आजै बस्ने राष्ट्रिय सभाको बैठकमा पनि नेता गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, साउन ४ । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पति भएको विकास तथा […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । भौतिक पूर्वाधार तथा  यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।  एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा यसअघि पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह ग

लगातार दशौं दिन पनि एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

नेकपा एमालेले लगातार दशौं दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । १४ सांसदलाई कारवाही गर्ने पार्टीको निर्णय सभामुखले सदर नगरेको विरोधमा एमालेले विरोध र नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले 'प्रतिनिधि सभाको आजको कारवाही प्रारम्भ हुन्छ' भने लगत्तै सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए । एमालेको नाराबाजीबीच सभामुखले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिए । त्यसपछि संसद बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।

५ मिनेट बसेर बिहीवारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बजेटसम्बन्धी कार्यसूची पूरा गरेर प्रतिनिधि सभा बैठक बिहीवारसम्मको लागि स्थगित भएको छ ।  सोमवार बसेको बैठकमा सभामुख अग्नि सापकोटाले विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।  यस्तै प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे जानकारी गराएका थिए । योसँगै अध्यादेश बजेट विस्थापित गर्न सरकारले ल्याएको प्रतिस्थापन बजेट पारित गर्ने संसदीय प्रक्रिया पूर...