पाँच जिल्लामा छैनन् कोरोनाका बिरामी

काठमाडौं : देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्। ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्।यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सम्बन्धित सामग्री

बैतडीमा कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । बैतडी जिल्लामा कोरोनाका संक्रमितको संख्या शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उहाँले बताउनुभयो । संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् […]

बैतडीमा कोरोना संक्रमण शून्य

जिल्लामा  कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए । उनले भने, ‘सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।’जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अ

बैतडीमा कोरोना संक्रमण शून्य

बैतडी- जिल्लामा  कोरोना संक्रमित शून्य भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन्।

शून्यमा झर्‍यो भक्तपुरमा कोरोनाका बिरामी

भक्तपुरमा कोरोना भाइरसका बिरामी मंगलबार शून्यमा झरेको छ। जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले दिएको जानकारी अनुसार जिल्लामा एकजनामा पनि कोरोना भाइरस संक्रमण भएको भेटिएन।

अर्घाखाँचीमा ३० साउनसम्म निषेधाज्ञा, के खुल्छ के खुल्दैन?

अर्घाखाँची : जिल्लामा कोरोनाका बिरामी बढेसँगै जिल्ला प्रशासन अर्घाखाँचीले साउन ३० सम्म निषेधाज्ञा जारी गरेको छ। प्रशासनले आइतबारबाट साउन ३० गते राति १२ बजेसम्म घरभित्रै सुरक्षित भएर बस्न जिल्लाबासीलाई आग्रह गरेको छ।यस अवधिमा बिहान ७ देखि ९ बजेसम्म दुधडेरी, खाद्यान्नलगायत अत्यावश्यक पसल मात्र खोल्न पाइनेछ। सार्वजनिक, निजी यातायात, बैंक तथा वित्तीय संस्था पूरै बन्द हुनेछन्।शिक्षण संस्था, धार्मिकस्थल, विभिन्न कार्यक्रम, सभा सम्मेलनलगायत भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी

कर्णालीमा कोरोना : २१–३० वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित

सुर्खेत । गत वैशाख महिनामा कोरोनाभाइरस (कोभिड–१९)को दोस्रो लहर सुरु भएसँगै कर्णालीमा दैनिक सयौँको संख्यामा कोरोनाका बिरामी भेटिने गरेका थिए । यो क्रम वैशाखदेखि र जेठ महिनाको दोस्रो सातासम्म कायमै रह्यो ।यो अवधिमा दैनिक सरदर पाँच सयको हाराहारीमा कोरोना संक्रमित भेटिने गरेका थिए भने दिनमा बढीमा १० जनाको कोरोनाबाट मृत्यु भएको थियो । सुरुमा प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमणको दर उकालो लाग्न थालेपछि वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरियो । विस्तारै अन्य जिल्लामा समेत कोरोना फैलियो ।वैशाख

बिरामी र कुरुवालाई विवेकशील साझाको ‘तातो भात’ अभियान

कोरोनाका कारण २१ वैशाखदेखि गोरखामा निषेधाज्ञा जारी भयो । त्यतिबेला विवेकशील साझा पार्टीले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लामा तातो भात अभियान थाल्यो

आइसियू र भेन्टिलेटर नहुँदा रसुवामा गम्भीर प्रकृतिका बिरामी जोखिममा

रसुवामा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा आइसियू र भेन्टिलेटरलगायतका अत्यावश्यक सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको...

प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट प्रयोगमा आएन

स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान  गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए। ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्टे खरिदको गरेको थियो । बायोमेडिक इन्जिीनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रा

जाजरकोट : अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

स्वास्थ्य सेवा कार्यालयमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए। दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान  गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए। ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्टे खरिदको गरेको थियो । बायोमेडिक इन्जिीनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख श...