महासेठले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवै अट्ने वातावरण बनाउनुपर्ने बताएका छन्। यसो गर्न सके मात्र पार्टी एकताबद्ध हुने र निर्वाचनमा राम्रो परिणाम हासिल गर्न सकिने उनको भनाइ छ।
काठमाडौं। विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज (आइतबार) पुर्पक्षको सुनुवाइपछि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीसँगै पक्राउ परेका मुरारी भण्डारीलाई भने पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको विशेषका सहप्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए। अख्तियार […]
सानिमा बैंक लिमिटेडले २०८२ मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूर्ण गर्दै वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा बढीको सेवा यात्रामा बैंकले विश्वसनीय तथा मजबुत वित्तीय संस्था बन्ने लक्ष्यका साथ व्यवसाय विस्तार, सेवा सुधार र डिजिटल माध्यमबाट पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको छ। विशेष समारोह सानिमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सम्पन्न भयो। कार्यक्रममा नायब प्रमुख […]
काठमाडौँ। पहिलो संस्करणको एनपीएल (नेपाल प्रिमियर लिग) मा लगातार दुई हार बेहोरेको कर्णाली याक्सले अविश्वसनीय ‘कमब्याक’ गर्ने क्रममा चार खेल जितेर एलिमिनेटरको टिकट काटेको थियो। तर, भाग्य सधैँ स्थिर हुँदैन। हाल त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएपछि धेरैले आशा राखेका थिए, कर्णाली याक्सले यसपालि पनि त्यस्तै ‘कमब्याक’ गर्नेछ। तर, […]
ढाका– बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ। विद्यार्थी आन्दोलनबाट सुरु भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो । संयुक्त राष्ट्रसङ्घको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिशनको नेतृत्व गरेका अर्जेन्टिनी फरेन्सिक […]