तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सो स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन भएको बताए । उद्यान निर्माणका लागि बोलपत्र आह्वान गरी मूल्याङ्कन भइरहेको र पहिलो चरणको काम […]
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १० वटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र ऋण फिर्ता नगरे कानुन बमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ। समितिले सार्वजनिक गरेका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय […]