कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ। शुक्रबार बसेको कार्यसम्पादन समिति बैठक आज बस्नेगरी स्थगित गरिएको थियो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आजको बैठकले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे निर्णय लिने बताए। शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। बिहान साढे ८ बजेका लागि बैठक बोलाइको भए पनि नेताहरू ढिला आएपछि भर्खरै सुरु भएको हो।...

दिउँसो २ बजे काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । आज नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बुधबार बसेको सभापति शेरबहादुर देउवा बाहेकको पदाधिकारी बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय […]