नेपाली कांग्रेसले ओलीलाई विश्वासको मत नदिने

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय भएको पार्टीका सह-महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। 'ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ', डा. महतले भने। महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको जानकारी दिए। 

सम्बन्धित सामग्री

लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारको विपक्षमा विश्वासको मत दिन जसपाको निर्देशन

काठमाडौं - जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहे...

लुम्बिनीमा जसपा गठबन्धनकै साथमा, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

रुपन्देही । केन्द्रमा नयाँ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको सर्कुलर आएको प्रदेश अध्यक्ष अशोक यादवले बताए । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका […]

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

काठमाडौं, २० असोज । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको बताए । ‘गठबन्धन दलले विश्वासको मत नदिने […]

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसका १९ […]

जसपाले विश्वासको मत नदिने भएपछि कांग्रेसको शरणमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनी नेपाली कांग्रेस संसदीय दलको दैलोमा पुगेका छन्। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न निर्देशन दिएका बेला मुख्यमन्त्री भट्टले सहयोगका लागि […]

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार …

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि राजनीतिक दलको दौडधुप तीव्र

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरुको दौडधुप तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरु जसरी हुन्छ प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने प्रयासमा जुटेका छन् ।  कांग्रेसले पदाधिकारी बैठकमार्फत नै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेको छ भने माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस र माओवादी केन्द्रका नेताहरु अरु विपक्षी दललाई समेत आफ्नो कित्तामा ल्याउने प्रयासमा सक्रिय भएका छ...