कानुन दिवसका अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जना सम्मानित

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ। सर्वोच्च अदालत परिसरमा आयोजना गरेको उक्त समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको उपस्थिति थियो। त्यस्तै, समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सर्वोच्च अदालतका न्यायाधीशहरु, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला…

सम्बन्धित सामग्री

समीक्षक र कलाकार सम्मानित

राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) को २९ औँ स्थापना दिवसका अवसरमा १५ जना कला समीक्षक र कलाकार सम्मानित एवं पुरस्कृत भएका छन् । सो सङ्घद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई सुरेन्द्र प्रधान दीर्घ कलासाधक पुरस्कार (२५ हजार रुपियाँ) सहित सम्मानित गरियो । क्रोधकला शिरोमणि पुरस्कारबाट सन्तकुमार शाक्यलाई २० हजार रुपियाँसहित र कलाकार प्रकाश थापा ‘प्रथा’ लाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको छ ।

नेपाल क्यान्सर सहयोग समूहद्वारा १५ नर्स सम्मानित

काठमाडौँ।  क्यान्सरका बिरामीहरूको उपचार सेवामा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा कार्यरत १५ जना नर्सलाई नारी दिवसको अवसरमा बुधवार सम्मान गरेको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । क्यान्सरको उपचार पछि निको भई पुनर्जीवन पाएका क्यान्सर सर्भाइभरहरुको ४० औँ भेलामा नेपाल क्यान्सर सहयोग […]

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लबको सम्मान

काठमाडौं । जोन्टा क्लब काठमाडौंले ‘अन्तरराष्ट्रिय महिला दिवस र एलो रोज डे’को अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई आइतवार सम्मान गरिएकोे संस्थाले जानकारी दिएको छ । संस्थाकी अध्यक्ष आभा शाहले समाजमा परिवर्तन ल्याउन योगदान दिने महिलालाई संस्थाले हरेक वर्ष अन्तरराष्ट्रिय महिला दिवस र एलो रोज डेको अवसरमा सम्मान गर्दै आएको र यस वर्ष पनि १२ महिलालाई विभिन्न अवार्डद्वारा सम्मान गरिएको बताइन् । संस्थाले यस वर्षको ‘राजकुमारी हेलेन शाह इन्स्पिरेशनल अवार्ड’ मीरा राईलाई प्रदान गरेको छ । त्यस्तै मुस्कान खातुनलाई ‘अमर राणा गेम चेन्जर अवार्ड’, सुष्मा तामाङ र सोनिका ढकाललाई ‘रत्नादेवी ओमेन इन स्पोटर््स अवार्ड’, विभूषा पाठक र समीक्षा खड्कालाई ‘ज्योति छात्रवृत्ति अवार्ड’ प्रदान गरेको छ । अञ्जनी पोखरेल र कलविना श्रेष्ठले ‘इन्द्रकला छात्रवृत्ति अवार्ड’ पाएका  छन् । यस्तै ‘अन्सङ हिरोज अवार्ड’बाट सीता सुवेदी, निशा चौलागाईं, सुनिरा रेग्मी र पिंकी शितल गुरुङ सम्मानित भएका छन् । संस्थाले लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रपत्रिकाका व्यवस्थापक, सम्पादक तथा पत्रकारलाई पनि सम्मान गरेको छ, जसअनुसार न्यू बिजनेश एजका प्रधान सम्पादक मदन लम्साल, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, अन्नपूर्णका प्रधानसम्पादक अखण्ड भण्डारी लगायत १५ जना सम्मानित भएका छन् ।