सुरक्षित आवासको पर्खाइमा तालगाउँका बाढी प्रभावित

फागुन ११, मनाङ । गत जेठ ३१ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । चिसो मौसम कठ्याङग्रिदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् ।  सुरक्षित आवासको अभावमा उनीहरुले भत्किएका संरचना हटाएर टिनको घरटहरा निर्माण गरी बस्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार गत मंसिरमा गण्डकी प्रदेश सरकारले दिएको रू. दुई लाख र नासाँे गाउँपालिकाको रू. एक लाखमार्फत बाढीपीडितले अस्थायी टहरा बनाएर बस्न थालेका हुन् । बाढीपीडितका लागि अबको वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित तबरबाट बस्ती बसाल्न सक्ने अवस्था निर्माण भएको प्रजिअ आचार्यले बताए ।  तीन तहको सरकारसँग आग्रह पश्चात् यहाँका स्थानीयवासी सुरक्षित भएको उनले बताए । गत जेठ ३१ र असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ र सिरानताल तहसनहस पारेको बस्ती हो ।  जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौँतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापितहरु बताउँछन् । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई पुर्खौली थातथलो छोड्नुपर्ने चिन्ता पनि उतिकै छ । घर बनाउनकै लागि उनीहरूले सुरक्षित ठाउँ अझै पाउन सकेका छैनन् ।  जग्गा अभावकै कारण प्रभावितहरूको सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढ्न नसकेको उनीहरु बताउँछन् । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  प्रदेश र स्थानीय सरकारले दिएको रकमबाट टहरा बनाउन पनि नपुगेको बाढीपहिरा पीडितको गुनासो छ । रगत पसिना बगाएर बनाइएको घरबारी बगाएपछि गाउँले अलपत्र परेका छन् ।  तालगाउँका बाढी प्रभावित आन्द्रे गुरुङले लामो समयपछि टिनको टहरा बनाएर बस्न पाएकामा खुसी लागेको बताए । ‘ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ’, उनले भने ।  नदीको किनारमा रहेको तालगाउँ बाढीको धेरै जोखिमपूर्ण क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालिएको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयको छलफल गरिने उनको भनाइ छ । नतिजाका आधारमा अन्य कदम चालिने उनले बताए । उनले भने, ‘अध्ययनपछि मात्रै पुनर्वासमा जाने वा यहीँ ठाउँमा बस्ती बसाल्नेबारे निक्र्यौल हुनेछ ।’ तालगाउँका अधिकांश जग्गाको नापी भएको छैन् । धेरै पहिले यहाँ व्यापारिक सहजताका लागि आएर मानिसहरु बस्न थालेको बताइएको छ । यहाँ आधा जति स्थानीयवासी तालमै बस्न इच्छुक देखिएका छन् । बाढीपहिरो पीडित अबको वर्षामा के हुने हो, थाहा छैन भनेर पिरोलिँदै छन् । स्थानीय तहले पनि बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस काम देखिएको छैन । बर्षायाम शुरु हुनु अगावै उनीहरूलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतीपूर्ण देखिए पनि सफल हुने विश्वास स्थानीय तहको छ ।  स्थानीयवासीको इच्छा विपरीत अन्यत्र स्थानान्तरण गर्ने कुराको पनि छलफल नभएको होइन । तर स्थानीयवासीको इच्छालाई टार्न नसक्दा उनीहरुले अहिले सोही ठाउँमा टीनको छानो बनाएर बसोबास थालेका छन् ।  यस क्षेत्रको भौगर्भिक अध्ययनको नतिजा अनुसार मात्र बस्न नमिल्ने भएमा उनीहरुलाई अन्यन्त्र स्थानान्तरण गर्न सकिने सो गाउँपालिकाले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

सप्तकोसी बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा

२९ साउन, काठमाडौं । सरकारले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीको बाढीले बढी क्षति पुर्‍याएको भौगोलिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । यही साउन १८ गते बिहान सप्तकोसीमा बाढी आएपछि एउटा भंगालो कटान गरी बस्तीमा पसेको थियो । नदी गाउँमा […]

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो म

मुख्यमन्त्री कुलप्रसाद केसी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नवलपरासीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । पश्चिम नवलपरासीमा बाढी तथा डुबानले भएको क्षतिबारे स्थलगत बुझ्न र प्रभावित घरपरिवार एवं क्षेत्रहरुको अवलोकनका लागि उनी परासी आएका हुन् ।मुख्यमन्त्री केसीले बाढी तथा डुबानमा परेको परासी बजारको अवलोकन गरेका छन् । उनले बाढी प्रभावित पाल्हीनन्दन गाउँपालिकाका विभिन्न वडाको पनि अवलोकन गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादवका अनुसार मुख्यमन्त्री केसीले सुनवल नगरपालिका–११

मेलम्चीका बाढी प्रभावित नागरिकलाई आजदेखि कोरोना खोप दिइने

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाइले बताए।

बाढी प्रभावित क्षेत्रमा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको शनिबार भ्रमण तथा अवलोकन गर्ने क्रममा । तस्वीर , रासस

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

बाढी प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण भएको क्षतिलगायतका विषयमा मन्त्री […]

बाढी प्रभावित क्षेत्रमा राहत बाँड्दै वाइसिएल टिम

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहतसहित बाढी प्रभावित क्षेत्र पुगेका छन् ।  अध्यक्ष सापकोटा शुक्रबार केन्द्रीय टोली लिएर आफै मेलम्ची , हेलम्बु चनौटे पुगेका हुन् ।टोलीले बाढी प्रभावित क्षेत्र  हेलम्बु चनौटे लगायत स्थानमा पुगेर प्रभावित बासिन्दालाई खान पकाउने प्रेसर कुकर, थाल ,कचौरा, जग, डाडु ,लगायतका तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको अध्यक्ष दीपशिखालाई उदृत गर्दै वाइसीएल नेपालले जानकारी दिएको छ । हिज