जसपामा नयाँ ट्विस्ट : विश्वासको मत दिनेबारे महन्थ ठाकुर तटस्थ बस्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेबारे महन्थ ठाकुर तटस्थ बस्ने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत दिन औपचारिक आग्रह नगरेको र पार्टीभित्रको विवादलाई ध्यानमा राखेर तटस्थ बस्ने जसपाका एक नेताले बताए। ओलीको रणनीतिअनुसार नै जसपाको महन्थ पक्ष तटस्थ बस्ने ती नेताले उल्लेख गरे। उपेन्द्र यादवले भने आफ्ना निकटका सांसदलाई विश्वासको मतको विपक्षमा भोट हाल्न भनिसकेका छन्।

सम्बन्धित सामग्री

देउवालाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए। यी दुईबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको जनाएको छ।  जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ।  आज प्रधानमन्त

महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतसम्बन्धि छलफलमा भाग लिँदै ठाकुरले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफूसँग मत मागेकाले मत दिन बचन दिएको जानकारी दिनुभयो । देउवालाई आफ्नो मुद्दा […]

ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।...

नेपाल पक्षबिनै देउवाले पाउने भए विश्वासको मत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ। अन्तिम समयमा आएर महन्थ पक्षले देउवालाई विश्वासको मत दिने भएको हो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिना नै देउवाले विश्वासको मत प्राप्त गर्ने पक्का भएको हो। सर्वोच्चको परमादेश पछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार केही समयमा विश्वासको मत लिँदै छन् उनले विश्वासको मत पा

महन्थ ठाकुर पक्षका सांसद अरगरिया भन्छन्- हामी पनि देउवालाई विश्वासको मत दिन्छौं

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पनि विश्वासको मत दिने भएको छ।

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ। जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि तयार भएका हुन्। ठाकुर समूहका एक सांसदका अनुसार…

अन्त्यमा देउवातिर ढल्किए महन्थ, संसद्मा विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । ठाकुर पक्षमा लागेका जसपा सांसद उमाशंकर अरगरियाले देउवालाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । 'प्रधानमन्त्री देउवाले पत्र पठाएपछि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतले देउवासँग भेट्नुभयो । उहाँले मधेशका माग सम्बोधन गर्न तयार छु भन्नुभएकाले विश्वासको मत दिने निर्णय भएको छ,' अरगरियाले लोकान्तरसँग भने । महन्थ पक्षले पनि मत दिने भएपछि देउवाले एमाले सांसदको मतविन...

देउवाले महन्थ ठाकुर पक्षसँग पनि मागे विश्वासको मत

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् । अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले जसपा ठाकुर पक्षका सबै सांसदहरुको तर्फबाट विश्वासको मत दिन देउवाले आग्रह गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि […]

यही साता विश्वासको मत लिने ओलीको योजनामा धक्का

काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली जेठको शुरुमै विश्वासको मत लिने निर्णयमा पुगेका थिए । उनले जेष्ठ ६ गते विश्वासको मत लिने बताएका थिए । तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोका कारण ओली ‘ब्याक’ भएको बुझिएको छ ।महन्थ ठाकुर र राजेन्द्र महतोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरुसँग हाम्रो कुरा मिल्यो भने मिल्यो, हाम्रो माग सम्बोधन गर्ने भए गर्नुस् । हाम्रो माग सम्बोधन नगरी हतारिएर विश्वासको मत लिनुभयो भने त्यो असफल हुन्छ ।’महन्थ र रा

जसपामा महन्थ ठाकुर अब अल्पमतमा

काठमाडौं। आफ्नो पक्षमा बहुमत सांसद सदस्य रहेको दाबी गर्दै आएका अध्यक्ष महन्थ ठाकुर अल्पमतमा परेका छन्। राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिङ भण्डारी लगायतका केही सांसदहरूले साथ छोडेपछि ठाकुर अल्पमतमा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने समय नजिकिँदै जाँदा जसपाभित्र यस्तो उतारचढाव देखिएको हो। यससँगै जसपा नेता डम्बर खतिवडाले जसपा अब विभाजनबाट जोगिएको बताएका छन्।