सात मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथ ग्रहण

काठमाण्डाै – मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शीतल निवासमा सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका हुन् । सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात जना मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । यसअघिको मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहे पनि प्रधानमन्त्रीले फेरि ...

सम्बन्धित सामग्री

बाग्मती प्रदेशका सभामुख पाठकद्वारा शपथ ग्रहण

मकवानपुर – बाग्मती प्रदेशका नवनिर्वाचित सभामुख राप्रपाका भुवनकुमार पाठकले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हाे । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागिय मन्त्री उद्धव थापा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरू लगायतकाे उपस्थिति थियाे । यसैगरी आज दिउँसो प्रदेश सभामा भएकाे&n...

नवनियुक्त ४ मन्त्री र १ राज्यमन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं।एकीकृत समाजवादीबाट नवनियुक्त ४ मन्त्री र १ राज्यमन्त्रीहरुले शपथ ग्रहण गरेका छन्।स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आईपीओ खुला गरिएको छ।पाटन अस्पतालमा हैजाको उपचारलाई छुट्टै डेस्क स्थापना भएको छ।बारामा प्रहरीले भन्सार छली गरी ल्याएको १२ सय लिटरपाम तेलसहित ४ जना पक्राउ परेका छन् रकोलम्बियामा रङ्गशाला भत्किँदा ४ जनाको मृत्यु हुन पुगेको छ।

मन्त्रीहरूकाे शपथ ग्रहण भाेलिसम्ममा हुन्छ - मेटमणि चाैधरी

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले भाेलि बिहीवारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताउनुभएको छ । आज बुधवार प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताउनुभएको हो । उहाँले आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो । ...

नवनियुक्त मन्त्री शर्माद्वारा शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गाेविन्दप्रसाद शर्मा (काेइराला) ले शपथ ग्रहण गर्नुभएकाे छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे ।  गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीवार बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएकाे थियाे । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । नेकपा एमाले विभाजनपछि अधिवक्ता समेत रहनुभएका शर्मा नेकपा (एकीकृत समाजवादी) पार्...

गण्डकीका मन्त्री डाेबाटेद्वारा शपथ ग्रहण

कास्की – गण्डकीका नवनियुक्त मन्त्री डाेबाटे विश्वकर्माले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सोमवार बेलुकी डाेबाटे विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । यसअघि नै मन्त्री बन्ने चर्चा भएर शपथका लागि जाँदै गर्दा उहाँकाे नाम काटिएको थियो । उहाँको ठाँउमा प्रदेश सभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि आलोचना भएको थियो । तस्बिर : बुद्धि कुमार...

परराष्ट्र मन्त्री खड्काद्वारा शपथ ग्रहण

काठमाण्डाै – कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्र मन्त्रीकाे शपथ ग्रहण गर्नुभएकाे छ । नवनियुक्त परराष्ट्र मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे ।  कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्री गण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।&...

मन्त्री 'दीपक मनाङे' द्वारा शपथ ग्रहण

कास्की – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका 'दीपक मनाङे' भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ । अविश्वासको प्रस्ताव 'फेस' गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ...

गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

काठमाण्डाै – नेकपा एमालेका नेता रामबहादुर थापाले गृह मन्त्री पदको शपथ लिनुभएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापाले शपथ ग्रहण गराउनुभएकाे हो । एमाले प्रवेश गर्नुभएका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभा सदस्यबाट उहाँ पदमुक्त हुनुभएको थियो । पदमुक्त भएपछि पुनः शपथ लिनुपर्ने व्यवस्थाअनुसार गृह मन्त्री थापाले शपथ लिनुभएको हो । उहाँ अब राष्ट्रिय सभा सदस्य नरहेकाले ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउनुहुनेछ । आजको शपथ ग्रहण समारोहमा सभामुख अग्नि सापकोटा सहभागी&n...