काठमाडौं।अर्जेन्टिनाले सर्वाधिक कोपा अमेरिका कपको उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गरेको छ।आइतबार बिहान ब्राजिललाई हराउँदै अर्जेन्टिनाले १५औं पटक कोपा अमेरिका कपको उपाधि जितेको हो।अर्जेन्टिनाले ५ पटक लगातार दुई र एक पटक लगातार तीन पटक उपाधि जितेको छ।उरुग्वेले पनि १५ पटक कोपा अमेरिका कपको उपाधि जित्दा,ब्राजिलले ९, पाराग्वे,पेरु र चिलीले २–२, र कोलम्बिया र बोलिभियाले १–१ पटक उपाधि जितेका छन्।