एमाले स्थायी कमिटी बस्दै, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने

नेकपा एमालेको हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा ११ बजेपछि बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशन तयारीका सम्बन्धमा छलफल गर्नेछ । साथै विधानअनुसार केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने छ ।‘महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्ने नै बैठकको मुख्य एजेण्डा हो । विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको आज टुंगो लाग्छ’

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, मंसिर ७ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आजपनि बस्ने भएको छ । यही मंसिर १० देखि १२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटबारेमा छलफल गर्न आजको बैठक आह्वान गरिएको हो । अहिले विहान ११ बजे बस्ने बैठक महाधिवेशन केन्द्रित रहने जनाईएको छ । बैठक तुलसीलाल […]

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरू

नेकपा (एमाले) स्थायी कमिटी बैठक सोमवार बस्दैछ । बैठक सोमवार दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा पार्टीको आसन्न महाधिवेशनको बारेमा छलफल गर्नेछ ।  यस्तै महाधिवेशन प्रतिनिधि मध्ये पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनित गर्ने व्यवस्था माथि पनि छलफल हुनेछ ।  अहिले स्थायी कमिटीमा छलफल गरेर ९ गते साैराहामा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमाेदन गर्नेछ।

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, मंसिर ६ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्न लागेको छ । दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज अपरान्ह ३ बजे बस्ने बैठकमा महाधिवेशनको अन्तिम तयारीबारे छलफल हुनेछ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आह्वान गरिएको बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयनबारेसमेत छलफल हुने छ । पछिल्लो समय नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीमा आकांक्षी बढ्दै गएपछि विधान संशोधन […]

एमाले स्थायी कमिटी बैठक सुरु, महाधिवेशन प्रतिनिधिको मापदण्ड तय हुने

काठमाडौँ – एमाले स्थायी कमिटी बैठक सुरु भएको छ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो। बिहीबारको बैठकमा मंसिरमा हुने महाधिवेशनबारे छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशन आउने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे छलफल हुँदैछ। बैठकले वडा र पालिका तहको अविधेशनको समीक्षा […]

एमाले स्थायी कमिटी बैठक जारी

विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भइरहेको छ।

एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुने बताइएको छ । विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष […]

एमालेको दसौँ महाधिवेशन मंसिर १०, ११ र १२ मा

काठमाडौँ– नेकपा एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुने भएको छ। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। मंगलबारको बैठकमा यसअघि माधव नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी भएका थिए। बैठकले असोज ५ र ६ गते विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

एमाले र कांग्रेसको महाधिवेशन जुध्यो : एउटै मिति, एउटै स्थान तय

नेपालका प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति जुधेको छ । कांग्रेसले आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको अवस्थामा मंगलवारको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । दुवै पार्टीको महाधिवेशन काठमाडौंमै हुनेछ । देशभरका प्रतिनिधि सहभागी हुने महाधिवेशन दुवै पार्टीले एकै समय र स्थानमा गर्न लागेका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दूरी र भीडभाड गर्न नहुने अवस्थामा राजधानीजस्तो भीडभाड बढी ...

केन्द्रीय विभागहरुलाई पूर्णता दिन एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुनेछ। आजको बैठकले यसअघि माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने तामाङले बताए।

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुने छ । उनले केन्द्रीय विभागहरुले पूर्णता पाउने सम्भावना रहेको बताए ।  यसअघि माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने तामाङले बताए ।बैशाख १० गते वि