टोकियो ओलम्पिकः अमेरिकी महिला टिमले जित्यो लगातार सातौं स्वर्ण

एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।