निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ । प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदे