इन्फिनिटी लघुवित्तले २९.१५ प्रतिशत लाभांश दिने

इन्फिनिटी लघुवित्तले लाभांश घोषणा गरेको छ कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी २९.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको […]

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्तले २० % बोनस शेयर, फागुन १३ गते पारित गर्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १३ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सहमति संस्था विजय चोक गैंडाकोट, नवलपरासीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस शेयरलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४१ करोडभन्दा माथिको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रस्तावसँगै अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूमात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

इन्फिनिटी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

२ माघ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३० पुस शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूाजी ४१ करोड ५१ लाख १३ हजार २८५ रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ […]

इन्फिनिटी लघुवित्तले २९% लाभांश दिने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।लघुवित्तको पाँचौ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट २७.७० प्रतिशत बोनश सेयर र १.४६ प्रतिशतले नगद लाभांश (बोनश सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको हो ।साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट विष्णुकुमार घिमिरे, रमेशकुमार कर्माचार्य, रामकृष्ण डंगोल […]

दुई ओटा लघुवित्त कम्पनी सहित ५ ओटा कम्पनीको शेयरमूल्य समायोजन

पुस १५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार पाँच ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, इन्फिनिटी वित्तीय संस्था, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट र समिट लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो । यी ५ आटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले चिलिमे हाइड्रोपावरको ७ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४६७ दशमलव ८१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५०२ दशमलव ९० को आधारमा शेयरमूल्य समायोजन भएको हो । चिलिमे जलविद्युतले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि सहित ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै, नेप्सेले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७ दशमलव ७० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार ३०७ दशमलव ७५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ६७० मा अन्तिम कारोबार भएको थियो । इन्फिनिटी लघुवित्तले हाल कायम चुक्ता पूँजीको २७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा पाँचौं वार्षिक साधारण सभा बेलाएको छ । सभा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, नेप्सेले मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६७० दशमलव ७१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ९३९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । मञ्जुश्री फाइनान्सले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । सोही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आफ्नै कार्यालय, नयाँ बानेश्वरमा पुस २९ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।  नेप्सेले एनआरएन इन्फ्रास्टक्चरको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५११ दशमलव ४३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५३७ को आधारमा शेयरमूल्य समायोजन भएको हो । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे आम्रपाली ब्यांक्वेट, काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  त्यस्तै, नेप्सेले समीट लघुवित्त वित्तीय संस्थाको २५ दशमलव २८ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार १६५ दशमलव ३४ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ४६० मा अन्तिम कारोबार भएको थियो । समीट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न पुस २४ गते, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी, तनहुँमा १३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बिहान १० बजे शुरु हुने बताइएको छ। सभाले हाल कायम चुक्ता पूँजीको २५ दशमलव २८ प्रतिशत बोनस शेयर वितरण गर्ने, सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्जर र बोनस शेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्ने, सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य लघुवित्त वित्तीय संस्थासँँग मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु समेत पारित गर्नेछ ।

इन्फिनिटी लघुवित्तले पुस २७ गते बोलायो साधारण सभा, प्रस्ताव गर्‍यो २९.१६% लाभांश

पुस ६, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले होटल द नारायणी, गैडाकोट, नवलपरासीमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । यस वर्ष कम्पनीले कुल २९ दशमलव १६ प्रतिशत लााभंश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई पनि सभाले पारित गर्नेछ । सभाले संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । हाल कायम रू. ५० करोड अधिकृत पूँजीलाई रू. १ अर्ब पुर्‍याउने तथा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्त गर्ने या मर्जरमा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

इन्फिनिटी लघुवित्तले २९.१५ प्रतिशत लाभांश दिने

काठमाडौं ।  इन्फिनिटी लघुवित्तले लाभांश घोषणा गरेको छ । गएको शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी २९.२६...

प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

असार २, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव आगामी असार २१ गते पारित हुने भएको छ ।  इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले पाचौं वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन् । इन्फिनिटी लघुवित्तले कम्पनीको केन्द्रीय कार्यायल गैडाकोटमा विहान ९ बजे सभा बोलाएको हो भने नेपाल एग्रो लघुवित्तले सिटिस्क्वेयर प्रालि, न्यूरोड, पोखरामा विहान ९ बजे सभा बोलाएको हो ।  नेपाल एग्रो लघुवित्तले प्राप्ति प्रस्तावसहित गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार को आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ४ लाख २१ हजार ८०१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । दुबै कम्पनीको सभाबाट प्राप्ति सम्बन्धि सम्झौता लगायत सञ्चालक समितिबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै थप कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाईनै दिने निर्णयसमेत गर्नेछ । यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुबै कम्पनी बीच भएको छ ।  दुबै कम्पनीले सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।