खोप कार्ड देखाएर नेपाल र भारत आवतजावत गर्न पाइने

नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेको छ । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी समझदारी भएको हो । उक्त समझदारी पत्रमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्ताक्षर गर्नुभएको छ ।

सम्बन्धित सामग्री

विराटनगरको रानी नाकामा खोप कार्ड अनिवार्य, एकैदिन २२ जनामा सङ्क्रमित फेला

बढ्दो कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकाहरूलाई व्यवस्थित गर्न कार्य सुरु गरिएको छ । पूर्वी नेपालको मुख्य प्रवेश नाका विराटनगरको रानी नाकालाई व्यवस्थित गर्न खोप कार्ड तथा पीसीआर रिपोर्टलाई अनिवार्य गरिएको हो ।मोरङ त्यसमा पनि विराटनगरमा कोरोनाको सङ्क्रमण दर बढेसँगै गएको पुस २५ गते बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले माघ १ गतेबाट रानी नाकाबाट सीमा वार–पारमा नेपाल तथा भारत देशका नागरिकका लागि अनिवार्य खोप कार्ड लागु गर्ने निर्णय गरेको थियो ।सोही निर्णय अनु

बेलहिया नाकाबाट नेपाल प्रवेशमा कडाइ

बुटवल – कोभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण पाइएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य […]

सीमानामा स्वास्थ्य परिक्षणमा बेवास्ता, परिक्षण विनै भित्रिंदै आगन्तुक

नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका खुलेपछि भारतबाट आउनेहरुको स्वास्थ्य परिक्षणमा बेवास्ता भैरहेको पाइएको छ । सो नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय र नेपाली नागरिक स्वास्थ्य परिक्षणविनै भित्रिरहेको स्थानीयले बताएका छन् । सरकारले भारतीयहरुका लागि ७२ घण्टा भित्रको पीसिआर रिपोर्ट र खोप लगाएको कार्ड अनिवार्य गरे पनि जमुनाहा नाकामा न त कसैले पीसीआर रिपोर्ट माग्छ न खोप कार्ड नै माग्ने गरिन्छ स्थानीयको भनाई छ ।