रुस-युक्रेन युद्धका कारण विश्वभर खाद्य संकटको त्रास !

काठमाडौं । पछिल्लो समय रुसले युक्रेनमा हमला गरेपछि विश्वभरबाट एक पछि अर्को गर्दै रुसमाथि प्रतिबन्ध लगाउने क्रम बढेको छ ।  अवस्था कतिसम्म बिग्रने हो भन्ने अनिश्चियबीच तेल बजारमा तीव्र उतारचढाव आइरहेको छ ।  कमोडिटिजको भाउ बढेको छ । रुस र युक्रेन तेल, प्राकृतिक ग्याँस र धातुको मुख्य उत्पादक देश हुन् ।  विश्वको खाद्य आपूर्तिमा पनि यी दुई देशको मुख्य भूमिका छ । विश्वको कुल गहुँ कारोबारमा रुस र युक्रेनी गहुँको अनुपात २९ प्रतिशत छ । १९ प्रतिशत मकैको आपूर्ति पनि यी दुई देशबाट हुने गरेको छ ।  विश्व बजारमा रुस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । रुस र युक्रेनबीचको पछिल्लो घम्साघम्सीले विश्वभर खाद्य संकट निम्तने चिन्ता चुलिएको छ ।  विश्व बजारमा रुस र युक्रेनबाट ८० प्रतिशत सूर्यमुखी तेल आउने गरेको छ । रुस र युक्रेनबीचको पछिल्लो घम्साघम्सीले विश्वभर खाद्य संकट निम्तने चिन्ता चुलिएको छ ।  गहुँ, मकै र सूर्यमुखी तेल क्रेताहरु वैकल्पिक आपूर्तिकर्ता खोज्न बाध्य हुन सक्ने विश्लेषण विश्वभर बढेको छ ।  पछिल्लो केही दिनमा सिकागो ह्विट फ्यूचर्स (गहुँको भविष्यको मूल्य) धमाधम उकालो लागिरहेको छ । रुस–युक्रेन संकट चुँलिदै गएपछि गएको शुक्रवारयता प्रति सय बुशेल गँहुको भाउ डेढ सय डलर भन्दा धेरैले बढिसकेको छ ।  रुसी गहुँको सबैभन्दा ठूला क्रेता इजिप्ट र टर्की हुन् । तर ढुवानीमा ढिलाई भयो वा प्रतिबन्धले रुसी निर्यात अवरुद्ध भयो भने यी दुई मात्रै प्रभावित हुने छैनन् । विश्वभर यसको प्रभाव पोखिने छ अनि मूल्य झनै बढ्नेछ ।  बिहीवार मे डेलिभरीको ह्विट फ्यूचर्स प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) ९५० डलरमा पुगेको थियो । यो अघिल्लो दिनको तुलनामा १ दशमलव ६३ प्रतिशत अर्थात् १५ डलर २५ सेन्ट धेरै हो ।  फेब्रुअरी १६ यता यसको भाउ ह्वात्तै बढेको छ । मकैं र भट्मासको भाउ पनि बढेका छन् । फेब्रुअरी १५ यता मकैको फ्यूचर्स प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) को ६३८ डलरबाट बढेर बिहीवार ६९५ डलर पुगेको थियो ।  सोही अवधिमा भट्मासको फ्यूचर्स पनि प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) को सवा १ सय डलररभन्दा धेरैले बढेको छ । सन् २०२१ को न्यून बिन्दुको तुलनामा भने पछिल्लो समय यी तीन ओटै अन्नको भाउ ५० प्रतिशत आसपास बढिसकेको छ ।  कालो सागरबाट हुने आपूर्तिमा अवरोध आयो भने समग्रमा विश्वको आपूर्ति प्रभावित हुने नेशनल अष्ट्रेलिया बैंकका एग्रिबीजनेश अर्थशास्त्री फिन जेइबेलले बताएको भन्दै रोयटर्सले समाचार छापेको थियो विश्वको उत्पादनमा आएको कमी र उच्च मागका कारण यी अन्नको भाउ बढेको हो । कालो सागरबाट हुने आपूर्तिमा अवरोध आयो भने समग्रमा विश्वको आपूर्ति प्रभावित हुने नेशनल अष्ट्रेलिया बैंकका एग्रिबीजनेश अर्थशास्त्री फिन जेइबेलले बताएको भन्दै रोयटर्सले समाचार छापेको थियो ।  रुसले निर्यात गर्ने गहुँको ७० प्रतिशत गत वर्ष मध्य पूर्व र अफ्रिकामा खपत भएको रिफिनिटिभको ढुवानी डेटाले देखाएको छ ।  पछिल्लो समय देखिएको तनावले मध्य पूर्व र अफ्रिकी क्रेताहरु वैकल्पिक विक्रेता खोज्न बाध्य हुने स्पष्ट देखिएको छ । युद्धको जोखिमका कारण कालो सागर भएर हुने ढुवानी रोक्नु पर्ने अवस्था उत्पन्न भएको छ ।  कोरोना भाइरसको महामारीबीच उत्पन्न आपूर्ति समस्या र गहुँ र दूधजन्य उत्पादनको मागमा सुदृढ वृद्धिका कारण गत वर्ष विश्वमा खाद्य वस्तुको भाउ करीब १० वर्षकै उच्च स्तरमा उक्लिएको संयुक्त राष्ट्र संघको खाद्य एजेन्सीले गत वर्ष बताएको थियो । यो वर्षको शुरुमा पनि वनस्पति तेलको भाउमा भएको उच्च वृद्धिका कारण खाद्यान्नको भाउ बढेर अहिलेसम्मकै उच्च स्तरमा उकिलएको खाद्य तथा कृषि संगठन (एफएओ)ले यही महीनाको शुरुमा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको थियो ।  रुस र युक्रेन वनस्पति तेल निर्यातकर्ता पनि हुन् । यी दुई बीचको युद्धले सूर्यमुखी तेलको आपूर्तिमा अनिश्चिय पैदा भएको छ । विश्वभर ढुवानी हुने सूर्यमुखी तेलमा युक्रेन र रुसको अनुपात झन्डै ८० प्रतिशत छ ।  रुस र युक्रेन वनस्पति तेल निर्यातकर्ता पनि हुन् । यी दुई बीचको युद्धले सूर्यमुखी तेलको आपूर्तिमा अनिश्चिय पैदा भएको छ । विश्वभर ढुवानी हुने सूर्यमुखी तेलमा युक्रेन र रुसको अनुपात झन्डै ८० प्रतिशत छ ।  युक्रेनी संकटले पछिल्लो समय पाम तेल र भट्मासको तेलको माग समेत बढाएको छ । तेलको बजारमा मूल्य वृद्धिको फोका उत्पन्न हुने हो कि भन्ने भय पनि बढाएको छ । निकट भविष्यमा सूर्यमुखी तेलको भाउ मात्रै नभएर पाम तेल र भट्मासको तेलले पनि नयाँ उचाई छुने विश्लेषक तथा व्यापारीहरुले बताइरहेका छन् ।  यो वर्ष शुरु भएयता मात्रै पाम तेलको भाउ ४४ प्रतिशतले बढिसकेको छ । कोरोना भाइरसको महामारीबीच विश्वमा खाद्यान्नको मूल्य सन् २०१४ यताकै उच्च स्तरमा उक्लिएको छ । यस्तोमा रुस युक्रेन संकटले तेलको भाउ आकाशिँदा ढुवानी खर्च बढ्ने अनि यसको खाद्यान्नको भाउमा पोखिने चिन्ता पनि छ । बिहीवार सन् २०१४ यता पहिलो पटक कच्चा तेलको भाउ बढेर १०५ डलरमाथि उक्लिएको थियो । एजेन्सीहरुको सहयोगमा  यो पनि पढ्नुस- रूस–युक्रेन तनावको असर : नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

सम्बन्धित सामग्री

रुसको निशानामा युक्रेनको आणविक प्लान्ट, विकिरण फैलने त्रास !

रुस-युक्रेन युद्धका कारण फैलिएको आणविक विकिरणको डरले विश्वलाई नै तनावमा पारेको छ । युक्रेनले रुसी सेनाले आफ्नो देशको आणविक प्लान्टलाई निशाना बनाएको आरोप लगाएको छ । युक्रेनको सरकारी आणविक उर्जा कम्पनी एनर्जेटमका प्रमुख पेट्रो कोटिनले जापोरिज्ज्या आणविक उर्जा केन्द्रमा गोलाबारीका कारण आणविक विकिरणको जोखिम ‘अत्यन्त उच्च’ भएको चेतावनी दिएका छन्। उनी भन्छन्, ‘युक्रेनले हिउँद अघि […]

रुस–युक्रेन युद्धका कारण ८ वर्षमा पहिलो पटक कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

एजेन्सी । रुस र युक्रेनबीच युद्धको औपचारिक घोषणा भएको छ । यो खबरले विश्व बजारमा त्रास फैलाएको छ । विश्व शेयर बजार ओरालो लागेको छ । कच्चा तेलमा पनि व्यापक मुल्य मृद्धि भएको छ । युक्रेनमा रुसले आक्रमण गरेको खबर आएसँगै कच्चा तेलको भाउ प्रति ब्यारेल १०० डलर नाघेको छ ।

तहसनहस हुँदै यमन

पश्चिम एसियाली मुलुक यमन राजनीतिक र भौतिक रूपमा ध्वस्त भएको छ । त्यहाँको प्रमुख शक्ति हुथी विद्रोहीद्वारा केन्द्रीय सत्ता कब्जा, विदेशीले बनाइदिएको कामचलाउ सरकार र विदेशी सैन्य गठबन्धनको निरन्तर आक्रमणका कारण यो मुलुक इतिहासकै सबैभन्दा कठिन मोडमा पुगेको छ । चरम भोकमरीले बालबालिका मरिरहेका छन् । कुपोषण, हैजा, कोरोना महामारीले जनजीवन अस्तव्यस्त छ । केन्द्रीय सत्ता विद्रोहीको हातमा छ । राजधानी साना उसकै नियन्त्रणमा छ । सानाबाट भागेर सीमाक्षेत्र एडेनमा पुगेको पराजित सरकार विदेशीको कठपुतली बनेको छ । उसको हैसियत केही पनि छैन । एक किसिमको शरणार्थीजस्तै छ, यो सरकार । आफैँ टिक्न नसकेको यस्तो सरकारबाट जनताले के आस गर्ने ? साउदी नेतृत्वको गठबन्धन सेनाको सहयोगमा एडेनमा शरणार्थी बनेको यो सरकारमाथि पनि हुथी विद्रोहीले बेलाबखत क्षेप्यास्त्र आक्रमण गरी भय र त्रास सिर्जना गर्ने, क्षति पु¥याउँदै आएको छ । हुथी विद्रोहीलाई इरानको सहयोग छ । एडेन सरकारलाई साउदी गठबन्धनले सघाइरहेको छ । हुथी विद्रोहीले एडेनलाई आक्रमणको निशाना बनाउँछ भने साउदी गठबन्धनले सानालाई । यो हिंसात्मक द्वन्द्व तत्काल अन्त्य हुने सम्भावना देखिएको छैन । जसले गर्दा यमनी जनताको भविष्य अन्योलग्रस्त बनेको छ । इतिहासमै सबैभन्दा बढी पीडाबोध गरेका यमनीहरूका अगाडि तत्काल मुलुकको समस्या समाधानको भरपर्दो विकल्प देखिएको छैन । जसले गर्दा यमनको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । गत बुधबार दक्षिणी एडेन सहरस्थित विमानस्थलमा हुथी विद्रोहीले प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरे । संयोगवश प्रधानमन्त्री र मन्त्रीहरूको ज्यान जोगिए पनि अन्य २२ जना मारिए । घटनामा ५० जनाभन्दा बढी घाइते भए । युद्धका कारण विभाजित यमनमा हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै दुईवटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरिएको थियो ।