अब ६८ वर्षमै वृद्धभत्ता पाइने

१५ जेठ, काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा […]

सम्बन्धित सामग्री

वृद्धभत्ता खाइसकेका ६८ उम्मेदवार, ९९ वर्षका पोख्रेल प्रचण्डसँग भिड्दै

काठमाडौं : मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वृद्धभत्ता खाने उमेरका ६८ जना उम्मेदवारहरू राजनीतिक लडाइँमा होमिएका छन्। प्रत्यक्षतर्फ ३१ र समानुपातिकतर्फ ३७ जना उम्मेदवारहरू ७० वर्ष माथिका छन्।युवा नेतृत्वको माग पार्टीभित्र र बाहिरसमेत तीव्र भइरहेको बेला पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष निर्वाचनमा वृद्धभत्ता खाइसेकाहरु पनि प्रतिस्पर्धामा रहेका हुन्।प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारमा ७० वर्ष कटेका ३१ जना उम्मेदवार छन्। जसमा वर्तमान प्रधानम

वृद्धभत्ता : बजेटमा ६८ बर्ष, विधेयकमा मौन

सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा ६८ वर्षमै वृद्धभत्ता दिने उल्लेख छ । तर, सरकारले संसदमा दर्ता गरेको वृद्धभत्तासँग सम्बन्धित सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक भने वृद्धभत्ता पाउने उमेरबारे मौन रहेको छ ।

वृद्धभत्ता एमालेको ब्राण्ड हो : सुरेन्द्र पाण्डे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनतासमक्ष लोकप्रिय कार्यक्रम वृद्धभत्ता एमालेको ब्रान्ड भएको दाबी गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बजेटमाथिको छलफलको बोल्ने क्रममा सरकारले वृद्धभत्ता ५ हजार नपुर्‍याएकोप्रति प्रश्न गरेका हुन्। उनले भने, ‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौँ नि, जतिसुकै गरे पनि वृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो। तपाईं ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन। एमालेलाई नै मान्छेले स्याबास भन्छन्,

वृद्धभत्ता ६८ वर्षमै दिने सरकारको निर्णयको पूर्वअर्थमन्त्री पाण्डेद्वारा बिरोध

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा विरोध गर्नुभएको हो । पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर […]

यी हुन् वृद्धभत्ता लिने उमेर पार गरिसकेका शीर्ष नेता

काठमाडौं : सरकारले वृद्धभत्ता दिने उमेर घटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ७० वर्षबाट सीमा झारेर ६८ वर्षमा वृद्धभत्ता दिने घोषणा गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि अनुमानित आयव्यय पेश गर्दै ६८ वर्ष माथिका व्यक्तिका लागि वृद्धभत्ता दिने व्यवस्था गरेका हुन्।वृद्धभत्ता लिन चाहनेलाई सरकारले सम्मान दिने पनि बताएको छ। यसअघि नेकपा एमाले सरकारमा हुँदा ७० वर्ष पुगेकालाई वृद्धभत्ता दिने व्यवस्था गरिएको थियो। अ

बाबुरामद्वारा वृद्धभत्ता नलिने घोषणा

काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्ध भत्ता नलिने घोषणा गरेका छन् । उनले वृद्धभत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा दिने नीतिप्रति असन्तुष्ट व्यक्त गर्दै नलिने घोषणा गरेका हुन् । ‘म ६८ वर्षमै वृद्धभत्ता लिएर राज्यलाई बोझ बनाउन चाहन्नँ,’ ६८ वर्ष कटिसकेका भट्टराईले भने,‘वृद्धभत्ता नलिने […]

अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता, कुन बेला कति बनाइयो वृद्धभत्ता ?

– नारायण ढुङ्गाना सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आवको बजेटमा यसअघि ७० वर्षदेखि वृद्धभत्ता पाउने व्यवस्थालाई संशोधन गर्दै ६८ वर्षदेखि नै पाउने व्यवस्था […]

६८ वर्ष पुगेकाले वृद्धभत्ता पाउने, भत्ता नलिने घोषणा गर्नेलाई सम्मान

सरकारले चालू आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । साथै सरकारले वृद्धभत्ता नलिने घोषणा गर्नेलाई सम्मान गर्ने घोषणा पनि गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमाा आर्थिक वर्ष २०७९।०८० को बजेट सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो । यसअघि भत्ता पाउने उमेर ७० वर्ष थियो । यसअघि सरकारले …

अब ६८ वर्षमा नै वृद्धभत्ता

काठमाडौँ- सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन् । हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले अब आगामी […]

वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घट्यो, अब ६८ वर्ष पुगेकाले पाउने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए । यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम […]