सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालन गर्ने संस्थालाई नयाँ नियमावलीअनुसार दर्ता तथा अनुमति प्रक्रियामा ल्याउन अनलाइन आवेदन खुला गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखाले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ कार्यान्वयन गर्दै इच्छुक संस्थाबाट आवेदन माग गरेको हो। मन्त्रालयले भदौ ३० […]
काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन् । महासङ्घका अनुसार भोटेकोशी बाढीबाट नेपाल अरनिको यातायात […]
सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ मा संविधान संशोधनको प्रक्रिया र नियमावलीको कानुनी हैसियतसँग सम्बन्धित दुई महत्वपूर्ण व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावलीको नियम १४० को उपनियम (११) र नियम २५९ कार्यान्वयन नगरी यथास्थितिमा […]
काठमाडौं । विद्यालय व्यवस्थापन समितिका सदस्यदेखि वन अधिकृत र गाउ“पालिकाका उपाध्यक्षसम्मले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरी रकम मागेको आरोपमा अख्तियारले पछिल्लो पटक छुट्टाछुट्टै मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानले सेवा सुविधा दिलाउनेदेखि काठको लगत समर्थन र लिलाम सहमति सिफारिस गर्ने पदाधिकारी र कर्मचारी नै सेवाग्राहीसँग घुसको बार्गेनिङमा संलग्न हुने गरेको तथ्य फेला परेको छ। […]
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४०७ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो। फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, […]