पोखरा । गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा ८०८ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४९० जनाको नमुना परीक्षण गरिएकोमा थप ८०८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा शुक्रबार ४५० पुरुष र ३५८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।डा.शर्माका अनुसार कास्कीका २०९, म्याग्दी १२, स्याङ्जा ५१, बाग्लुङ १३२