काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बेलुकी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्। उनीहरुबीच करिब २ घन्टा भेटघाट र छलफल भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ। करिब ८ बजे शीतलनिवास प्रवेश गरेका ओली १० बजे त्यहाँबाट बाहिरिएका थिए। उनीहरुबीच एमालेको संकट, राजनीतिक अस्थीरता र अन्य विभिन्न विषयमा छलफल भएको बुझिएको छ।