बाँके– बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर सङ्गठनभन्दा पनि रोजगारीको […]
सिरहा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ। तराई/मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो। मन्त्री घिसिङले शुक्रबार […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटा राज्यमा रहेका सोमाली आप्रवासीहरूका लागि दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) कार्यक्रम समाप्त गरेको घोषणा गरेका छन्। उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत सो निर्णय तत्काल लागू हुने बताएका हुन्। ट्रम्पले सोमाली ग्याङहरूले मिनेसोटाका नागरिकलाई आतंकित गरिरहेको दाबी गर्दै मिनेसोटाका गभर्नर टिम वाल्जमाथि मिनेसोटालाई ठगीमार्फत हुने अवैध धन सञ्चारको केन्द्र बनाएको […]
काठमाडौं– काठमाडौं महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उद्यमशीलतासँग सम्बन्धित ‘एक वडा, एक नमूना कार्यक्रम’ ले नतिजा प्रदान गर्न थालेको उपप्रमुख डङ्गोलको दाबी छ । उनका अनुसार महिला […]
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज राति कोशी प्रदेश, गण्डकी प्रदेश […]