रुपन्देही – लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुने अघिल्लो दिन मन्त्री पाण्डेले राजीनामा दिनुभएको हो ।
नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेको र जनता समाजवादी पार्टी जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयले निकालेको विज्ञप्तिमा उल्लेख छ । गएको बैशाखमा मन्त्री बन्नुभएका पाण्डेसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई सरकारबाट फिर्ता हुन नमा...