पर्वतका तीनै सिटमा एमालेका उम्मेदवार विजयी

पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी लाई २ हजार २ सय […]

सम्बन्धित सामग्री

धनकुटामा प्रतिनिधिसभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।

अर्घाखाँची प्रदेशसभा (ख) मा एमालेका उम्मेदवार घिमिरे विजयी

अर्घाखाँचीमा प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार रामजीप्रसाद घिमिरे विजयी भएका छन् । घिमिरेले २२ हजार ७ सय ७६ मत लिएर विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरे । घिमिरे ८ सय १ मत अन्तरले विजयी भए । घिमिरे निवर्तमान प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य समेत रहेका छन् ।

झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित

झापा – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी

बाजुरा । बुढिगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट […] The post बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रामेछापकाे मन्थली नगरपालिकामा मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

रामेछाप - रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार लव श्रेष्ठ र ईश्वरी बस्नेत निर्वाचित भएका छन् ।  विजयी भएका श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद कार्कीले ९ हजार १ सय २२ मत प्राप्त गर्नुभएकाे छ । त्यसैगरी उपमेयरमा नेकपा एमालेकै ईश्वरी बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ ।  उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी यशोदा श्रेष्ठले ९ हजार ७४ मत प्राप्त गर्नुभएका...

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

मङ्गलबारे । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित भएका हुन् । प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ […]

पर्सागढी नगरपालिकाकाे मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

पर्सा – पर्साकाे पर्सागढी नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  मेयरमा एमालेका गाेकर्ण पाठक ६ हजार ६ सय २४ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोकनारायण यादवले तीन हजार सात सय ३३ मत प्राप्त गर्नुभयाे ।   यस्तै उपमेयरमा एमालेकी पूजा चाैधरी सात हजार ६ सय १६ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी कांग्रेसकी अर्चना चौधरीले तीन हजार चार सय ३० मत प्राप्त गर्नुभयाे ।  नाै वडा रहेकाे पर्सागढीमा एमालेले दुई, कांग्रेसले त...

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् । गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार पाँच हजार ३८ मतसहित...

कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी

१ जेठ, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा नेकपा एमालेका उम्मेदवार मिथुन गौतम प्यानलसहित विजयी भएका छन् । ७९५ मत ल्याउँदै गौतमले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे । महिला सदस्यमा एमालेकै मीरा आले मगर, दलित महिला सदस्यमा सरस्वती विश्वकर्मा,  सदस्यमा प्रकाश साउद र रामचन्द्र कठरिया पनि विजयी भएका छन् ।

सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

साेलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेका टासी ल्हाम शेर्पा विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षमा मिङमा छिरीले २ हजार २८ मत र उपाध्यक्षले २ हजार २३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसका निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गर्नुभयो । ५ व...