धनकुटामा प्रतिनिधिसभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।

सम्बन्धित सामग्री

उपनिर्वाचनमा यी हुन् एमालेका उम्मेदवार

काठमाडौं : तीन निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ। जसको लागि सोमवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दैछन्। उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको टुंगो लगाइसकेको छ। जसअनुसार चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार रहनेछन्। यस्तै, एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र बारा २ मा पुरुषोत्तम पौडेललाई उठाएको…

सुनसरी ४ मा एमालेका उम्मेदवार कुसियैत सञ्चारमन्त्री कार्की भन्दा २७ मतले अगाडि

सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ मा एमाले र कांग्रेसबा उम्मेदवारबीचर रोचक भिडन्त जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले अहिले कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई उछिनेका छन्...

प्रतिनिधिसभा र प्रदेशसभा (क)मा गठबन्धन विजयी

संखुवासभा : संखुवासभामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क)मा सत्ता गठबन्धनले जितेको छ। नेकपा एमालेले प्रदेशसभा (ख) मात्रै जितेको छ।प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली काँग्रेसका दीपक खड्का र प्रदेशसभा (क)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन्।प्रतिनिधिसभाका उम्मेदवार खड्का ३२,१५८ मत ल्याएर ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६,७१९ मत ल्याएका छन्। खड्का ५,४३९ मतान्तरले विजयी भए। २०७० सालको न

कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका गुप्ता विजयी

कपिलवस्तु – कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी हुनुभएको छ  । उहाँ तीन हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो ।  गुप्ताले २२ हजार छ सय १९ मत पाउँदा उहाँका मुख्य प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अभिषेकप्रताप साहले १८ हजार नौ सय ८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पर्वतका तीनै सिटमा एमालेका उम्मेदवार विजयी

पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी लाई २ हजार २ सय […]

एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ करिब दुई हजार मतले अघि

काठमाडौँ,६ मँसिर । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि हुनुभएको छ । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट […]

एमालेका उम्मेदवार पृथ्वीसुब्बा करिब दुई हजार मतले अघि

पाेखरा- लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए। उनका अनुसार वाम-लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव […]

सुर्खेत क्षेत्र २ : एमालेका उम्मेदवार अमृतको अंग्रता

सुर्खेत : सुर्खेतको प्रतिनिधिसभा क्षेत्र-२ मा प्रत्यक्षतर्फको मतगणना यतिखेर जारी छ।१ हजार १८२ मतको गणना गर्दा नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले ६५० मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत ल्याएर दोस्रो स्थानमा छन्। हालसम्म १४ मतपत्र बदर भएका छन्।

दार्चुला : सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने […]

एमालेका उम्मेदवार सिफारिस २० भदौभित्र

नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । १० भदौदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि शनिबार आयोजित पत्रकार […]