राप्रपा नेपालको पर्सा र बाजुरामा नेतृत्व चयन

कमल थापा नेतृत्वको राप्रपा नेपालले संगठन विस्तार गर्ने क्रममा पर्सा र बाजुरा जिल्लाको नेतृत्व चयन गरेको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गिय संगठनका साथै जिल्ला समितिहरु गठन गर्ने क्रममा पार्टी निकट कार्यकर्ताको भेलाले पर्सा जिल्लाको अध्यक्षमा जङ्गबहादुर यादवलाई चयन गरेको हो ।

सम्बन्धित सामग्री

राप्रपा नेपालको २९ विभागमा नेतृत्व चयन

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले २९ विभागमा नेतृत्व चयन गरेको छ। अध्यक्ष  थापाले सोमबार पार्टीका २९ विभाग प्रमुख तथा सचिव मनोनयन गरेका हुन्।अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व भने थापा आफैँले राखेका छन्। त्यस्तै अनुशासन विभागको अध्यक्षमा राजीव पराजुली चयन भएका छन्।

राप्रपा नेपालको सुनसरी, रुपन्देही र धादिङमा नेतृत्व चयन

राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिइरहेको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरू गठन भइरहेका छन्  । यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरूको भेलाले पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं  र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देह

राप्रपा नेपालबाट संगठन विस्तार कार्यलाई तीव्रता

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चार वटा जिल्लाको नेतृत्व चयन गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई तीव्रता दिएको हो । शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय कार्य समिति गठन गरेको हो । त्यस्तै राप्रपा […]

राप्रपा महाधिवेशन : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी

काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ । पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि  भएको मतदानमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान प्रक्रिया अझै जारी छ । राप्रपा महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । म

नयाँ नेतृत्व चयन गर्न राप्रपाको मतदान सुरु

काठमाडौँ— नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा मतदान शुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए । महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको […]

राप्रपा एकता महाधिवेशन आज उद्घाटनः अध्यक्षमा थापा र लिङदेनको दाबी

देशभरिका झन्डै पाँच हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यनीति पारित गर्नेछपार्टी स्थापनापछि पटकपटक विभाजन र एकीकरण हुँदै आएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्ष, एक महिलासहित चार उपाध्यक्ष, एक महिलासहित तीन महाम...

राप्रपा प्रदेश अध्यक्ष : चार वटामा सर्वसम्मत, तीनमा प्रतिस्पर्धा

काठमाडौँ– आगामी ११ देखि १३ मंसिरमा हुने महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अध्यक्षका लागि तीनवटा प्रदेशमा प्रतिस्पर्धा भएको छ । ४ वटा प्रदेशमा सर्वसम्मत प्रदेश अध्यक्ष चयन भए पनि प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशमा प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरिएको छ । ‘चारवटा प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको छ, तीनवटामा भने प्रतिस्पर्धावाट अध्यक्षहरु निर्वाचित […]

राप्रपाद्वारा ६ प्रदेशमा नेतृत्व चयन, कहाँ को ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  प्रदेश अधिवेशन सम्पन्न भएको छ ।  आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ६ प्रदेशको नेतृत्व चयन गरिएको छ भने एउटा प्रदेशको प्रक्रियामा रहेको छ । राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् ।&nbs

‘पार्टीभित्र नक्कली र सक्कली छुट्याएर मात्र नेतृत्व चयन गर्नुपर्छ’

पाँचथर – पार्टीभित्र नक्कली र सक्कली छुट्याएर महाधिवेशनबाट राजनीतिक संस्कार भएको जिम्मेवार नेतृत्व चयन गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय कार्यकर्ताले बताएका छन्। पाँचथरमा एकथरीको स्वेच्छाचारी प्रवृत्तिले पार्टी र कार्यकर्ताको भविष्य अन्योलमा परेको भन्दै तुम्बेवा गाउँपालिका परिषद् भेलामा स्थानीय कार्यकर्ताले चिन्ता प्रकट गरे। पार्टी एकता र विधिमाथि प्रतिबद्ध जिम्मेवार नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ […]