निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले प्रचलित धितोपत्रसम्बन्धी नियमावली तथा निर्देशिकाअनुसार आवश्यक नियामकीय स्वीकृति प्राप्त गरेपछि आईपीओ जारी गर्ने जनाएको हो। आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल […]
हेटौँडा, ९ असोज । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालैपालो सवारीसाधन सञ्चालन गरिने भएको छ । दुवै राजमार्ग अवरुद्ध भई त्रिभुवन राजपथमा सवारीसाधनको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौँडा आउने सवारीसाधनका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको […]
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको टिकट बिक्रीमा अनलाइन बुकिङलाई प्राथमिकता दिने भएको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेकाले यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन विभिन्न निर्देशन दिइएको उल्लेख छ। महासङ्घले चाडपर्वमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउँदै टिकट […]
ताप्लेजुङ, ९ असोज । मनसुनजन्य गतिविधिका कारण विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले स्वास्थ्य सेवा निरन्तरता र विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गरेको छ । अस्पतालले अत्यावश्यक अवस्थाबाहेक कर्मचारी तथा स्वास्थ्यकर्मीको सात दिनसम्मको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको छ । यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो । सम्भावित विपद्मा आवश्यक जनशक्ति अस्पतालमै […]