बागमती प्रदेश सभा सञ्चालनको तयारीका लागि आगामी शुक्रबार सर्वदलीय बैठक आह्वान गरिएको छ। बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सभा प्रतिनिधित्व गर्ने सात दलबाट दुई–दुई जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहने गरी सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो।