नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल पे क्युआरको सुरुवात

नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ । उक्त नेपाल पे क्युआरको औपचारिक थालनीको घोषणा गरेको छ ।कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, एनआइसी एशिया बैंकका चिफ स्टे«टजी अफिसर विशाल सिग्देल, कामना सेवा […]

सम्बन्धित सामग्री

आइएमई पेबाट अब नेपालपे क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

आइएमई पे एपबाट 'नेपाल पे' को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले  अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन् ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।  नेपालमा क्यु आर स्क्यान मार्फत...

नेपाल पेमा तीन लाखभन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फतमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरुमा आबद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल–पे क्यूआर […]

नेपालपे क्यूआरमा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध - NepaliPatra

काठमाडौँ। बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन्। छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ। नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी […]

नेपाल पे क्युआरमा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युआरमा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । चार महिनाको छोटो अन्तरालमा १ लाखभन्दा बढी मर्चेन्टहरु क्युआरमा आबद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यतामा थप मद्दत पुग्ने विश्वास गरिएको छ । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर […]

स्मार्ट क्यूआर र नेपाल पे क्यूआरबीच अन्तरआवद्धताको घोषणा

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्यूआर अन्तरआबद्धता कायम गर्ने घोषणा भएको छ । शुक्रबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीबीच अन्तर आबद्धताको सहमति भएको हो । एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । योसँगै अब स्मार्ट क्यूआर उपलब्ध मोबाइलबाट बैंकिङ वा वालेटका ग्राहकहरुले नेपाल

मोबाइल नम्बर राखेर नेपाल पे इन्स्ट्यान्टबाट अब फन्ड ट्रान्सफर गर्न सकिने

नेपाल पे इन्स्ट्यान्टबाट अब मोबाइल नम्बर राखेर कनेक्ट आईपीएस, मोबाइल बैंकिङ र वालेटमा रकम ट्रान्सफर गर्न सकिने भएको छ ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे इन्स्ट्यान्ट फिचर उपलब्ध गराएको हो ।  नेपाल पे इन्स्ट्यान्ट फिचर कनेक्ट आईपीएसबाट प्रयोग गर्न सकिने छ । त्यसका लागि कनेक्ट आईपीएसमा अकाउन्ट हुनुपर्नेछ । अकाउन्ट लगइन...

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनको सम्बन्धमा सम्झौता गरिएको छ । दुई संस्थाबीच औपचारिक रूपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्राहकलाई ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत सरकारी तथा अर्धसरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, शेयर कारोबार लगायतको भुक्तानी सुविधा उपलब्ध गराउनेछ । बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्वेस्ट लगायतका सेवा पनि उपलब्ध गराउनेछ । डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंक अग्रसर रहिआएको बताइएको छ ।

समृद्धि फाइनान्सबाट अब नेपाल पे क्यूआरको सुविधा

फागुन २९, काठमाडौं । समृद्धि फाइनान्सबाट अब नेपाल पे क्यूआर को सुविधा प्राप्त गर्न सकिने भएको छ ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्युआर केहि बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा शुक्रवारदेखि सञ्चालनमा आएको छ ।  उक्त नेपाल पे क्युआर को औपचारीक थालनीको घोषणा शुक्रवार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले समृद्धि फाइनान्स सहित केहि बैंक तथा  वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मीट कार्यक्रमको आयोजना गरिएको हो । यस सेवामा आवद्ध भई कारोबार शुरु गर्ने फाइनान्स कम्पनीहरुमध्ये समृद्धि फाइनान्स पहिलो फाइनान्सको रुपमा रहेको बताइएको छ । यो सुविधासँगै अब समृद्धि फाइनान्सका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत एउटै क्युआर लाई स्क्यान गरी भिसा, युनियन पे, अली पे र नेपाल पे क्युआरलगायत विभिन्न नेटवर्कबाट भुक्तानी गर्न  सक्नेछन् । फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक ११ दशमलव ७१ प्रतिशत र बचत निक्षेपमा अधित्तम ८ प्रतिशत सहित आकर्षक ब्याजदर सहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।

हिमालयन बैंक र क्लियरिङ हाउसबीच नेपालपे क्यू आर सेवा प्रदान गर्ने सम्झौता

हिमालयन बैंक Himalayan Bank Limited  र नेपाल क्लियरिङ हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता भएको छ। क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्यु आर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन सम्झौता भएको बैंकले जनाएको छ ।सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ । ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर   मार्पmत डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त नेपाल पे क्युआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकले जनाएको छ ।बैंकका अनुसार यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र  क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।